फेला पर्‍यो १७ सय वर्ष पुरानो अण्डा ! वैज्ञानिक अचम्म

  • फागुन ४, २०८० | ३४२ पटक पढिएको | सीमा संदेश
alt

बेलायतमा पुरातत्वविद्हरूले एउटा स्थानमा उत्खनन् गरिरहेका थिए । त्यहाँबाट उनीहरुले एउटा अण्डा फेला पारे । सो अण्डाको त्रिआयामिक स्क्यान पश्चात् उक्त अण्डाको भित्रको पहेंलो र सेतो भाग दुरुस्तै अवस्थामै रहेको भेटिएको छ ।

फेला परेको अण्डा त्यो समयको हो जब बेलायतमा रोम साम्राज्य थियो । अर्थात् त्यो अण्डा करिब तेस्रो शताब्दीको हो । त्यो भनेको आजभन्दा १७ सय वर्ष पुरानो ।

अक्सफोर्ड आर्कियोलोजीका वरिष्ठ परियोजना व्यवस्थापक एडवर्ड बिडल्फका अनुसार उक्त अण्डा पत्ता लगाएर त्यसको जाँच गर्दा उनीहरु अचम्ममा परे । त्यो सदियौं पुरानो कुखुराको अण्डा थियो ।

मध्य इंगल्याण्डको एलिसबरी सहरमा हाल उत्खनन् चलिरहेको छ । त्यो ठाउँ अक्सफोर्डबाट ३० किलोमिटर पूर्वमा अवस्थित छ ।

त्यो क्षेत्र रोमन साम्राज्यको समयमा समेत बस्ती भएको क्षेत्र हो । त्यहाँ चारवटा अण्डा भेटिएका थिए । त्यसमध्ये तीनवटा फुटे । त्यसबाट निकै धेरै दुर्गन्ध आइरहेको थियो । तर चौथो अण्डा भने दुरुस्त अवस्थामा फेला परेको थियो ।

त्यसलाई नबिग्रिने गरेर बाहिर निकालियो र केन्ट विश्वविद्यालयको प्रयोगशालामा लगेर माइक्रोस्कोपिक कम्प्युटेड टोमोग्राफी प्रविधिबाट स्क्यान गरियो । त्यो त्यस्तो एक्सरे हो जसबाट भर्चुअल थ्री डी मोडेल सिर्जना हुन्छ । जब स्क्यानबाट अण्डाको तस्वीर देखियो, तब वैज्ञानिकहरु अचम्ममा परे । अण्डाको भित्री त्यसको पहेंलो भाग, सेतो भाग तथा अन्य तरल पदार्थ सबै सुरक्षित थिए ।

त्यो अण्डा पानी भरिएको ठाउँमा भेटिएको थियो । त्यहाँ अहिले नयाँ घरहरु बनाउने योजना छ । त्यसैले निर्माणअघि त्यहाँ उत्खनन भैरहेको छ ताकि सम्भावित प्राचीन वस्तुको अन्वेषण र संरक्षण हुन सकोस् ।

यो प्राचीन क्षेत्र नियोलिथिक कालको हो । त्यो इश्वीको तेस्रो शताब्दी अर्थात् बेलायतमा रोमन साम्राज्यको समय हो । त्यो ठाउँको पहिले पुजा गरिन्थ्यो । मानिसहरुले त्यस ठाउँमा सिक्का तथा अन्य चिजहरु राख्दथे ताकि देवताहरु खुसी भएर उनीहरुको मनोकांक्षा पूरा होस् ।

यसअघि पनि रोमन कालका अण्डाका बोक्राहरु फेला परेका थिए । तर बेलायतमा पूर्णरुपमा सुरक्षित रोम साम्राज्यकालीन अण्डा फेला परेको भने यो पहिलो घटना हो ।

यसअघि यस्तै अण्डा भ्याटिकनमा फेला परेको थियो । त्यसबेला एक शिशुको चिहानमा शवको अवशेषसँगै कुखुराको अण्डा भेटिएको थियो । तथापि त्यसभित्र कुनै तरल पदार्थ, सेतो वा पहेंलो पदार्थ थिएन ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब