अर्बपतिले मात्र किन्न सक्ने पर्फ्युम, जसको खाली बोतलको मूल्य समेत करोडौं पर्छ

  • चैत १५, २०८० | ५४१ पटक पढिएको | सीमा संदेश
alt

संसारमा अधिकांश मानिसलाई पर्फ्युम मन पर्छ । कतिपयले सामान्य खालका पर्फ्युम प्रयोग गर्ने भएपनि कतिपय मानिस पनि निकै चूजी हुन्छन् र महँगा ब्राण्डेड पर्फ्युमका शौखिन हुन्छन् ।

संसारमा एउटा यस्तो विशेष तथा मूल्यवान पर्फ्युम छ जो केवल अर्बपतिहरुले मात्र खरिद गर्न सक्दछन् ।

संसारको सबैभन्दा महँगो उक्त पर्फ्युम विशेष व्यक्तिका लागि बनाइएको हुन्छ । अर्थात् हरेक ग्राहकका लागि कस्टमाइज्ड पर्फ्युम तयार गरिन्छ । उक्त पर्फ्युमको खाली डिब्बा समेत करोडौं पर्दछ ।

फ्रेन्च कम्पनी मोरेएल पेरिसले उक्त पर्फ्युम बनाएको हो । उक्त पर्फ्युमको नाम ‘ले मोन्डे सर मेजर’ हो । उक्त पर्फ्युमको मूल्य डेढ करोड डलरदेखि २ करोड डलरसम्म पर्दछ ।

आखिर कुनै अत्तर राख्ने बोतल कसरी करोडौं रकमको हुनसक्छ ? वास्तवमा उक्त डिब्बालाई विशेष तरिकाले डिजाइन गरिएको थियो जसमा २ केजी सुनको प्रयोग गरिएको हुन्छ । साथै त्यसमा १ हजार हिरा तथा रुबी समेत जडान गरिएको हुन्छ ।

कम्पनीका क्रियटिभ डाइरेक्टर म्याक्सिम रांकोन भन्छन्- हाम्रा ग्राहकहरु कलाकृति तथा गहना संग्रहकर्ता धनाढ्यहरु हुन् । ले मोन्डे सर मेजर केवल पर्फ्युममात्र होइन, यो गहना हो, यो कथा हो र कलाको मूल्यवान टुक्रा हो ।

कम्पनीले डेढ करोड डलर पर्ने ५ केजीको एक बोतल पर्फ्युम बिक्री गरेको छ । त्यसका खरिदकर्ता मध्यपूर्वी देशका भएको तर खरिदकर्ताले आफ्नो नाम खुलाउन नचाहेको रांकोन बताउँछन् ।

उक्त पर्फ्युम एकजना अज्ञात व्यक्तिले करीब २४ करोड रुपैयाँमा बिक्री गरेका थिए । ती व्यक्ति स्वयंम्ले उक्त पर्फ्युमको बासन आफैले डिजाइन गरेका थिए ।

तर खरिदकर्ता को थिए ? त्यसको जानकारी अहिलेसम्म सार्वजनिक भएको छैन।

उक्त विशेष पर्फ्युम तयार गर्नपनि निकै कठीन हुन्छ । समाचार अनुसार त्यस्तो पर्फ्युम तयार पार्नका लागि १ वर्षसम्म ३५ जना व्यक्तिले काम गर्नुपर्छ ।

पर्फ्युमको उत्कृष्ट सुगन्धसँगै त्यसको डिब्बालाई पनि निकै राम्रो तरिकाले डिजाइन गर्नुपर्छ। त्यो देख्दैमा लग्जरीको अनुभूति हुन्छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब