भुटानी शरणार्थी प्रकरणको फाइल खोलेका डीआईजी केसीकाे विशेष ब्युरोबाट सरुवा

  • साउन १३, २०८१ | ३२६ पटक पढिएको | सीमा संदेश
alt

नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनोज केसीलाई विशेष ब्युरोको प्रमुखबाट हटाइएको छ।

डीआईजीमा बढुवा भएपछि केसी डेढ महिनाअघि विशेष ब्युरोमा सरुवा भएका थिए। विशेष ब्युरो प्रतिआतङ्कवाद हेर्ने प्रहरीको विशिष्ट युनिट हो। गृहमन्त्री रमेश लेखक बनेपछि केसीको सरुवा हुन सक्ने चर्चा सुरु भएको थियो।

केसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख भएका बेला उनले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइनल खोलेका थिए। यो मुद्दामा पूर्व गृहमन्त्री बालकृष्ण खाण समेत पक्राउ परेका थिए। त्यसबाहेक बहालवाला सचिव र उच्च राजनीतिक तहका व्यक्तिहरु पक्राउ परेक थिए।

पछिल्लो समय पक्राउ परेका बेचन झालाई केसीले नै समातेर नेपाल ल्याएको र तत्कालिन प्रतिपक्षी नेपाली कांग्रेसलाई हल्लाउन खोजेको आशंका रहँदै आएको थियो।

केसीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य विमान दुर्घटना भएकै दिन सरुवा गरिएको थियो। गृह मन्त्रालयले केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ र त्यहाँ रहेका राजन अधिकारीलाई विशेष ब्युरो पठाइएको छ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब