मधेसका मुख्यमन्त्री सिंहलाई पार्टीले सोध्यो स्पष्टीकरण

  • साउन २५, २०८१ | ४९३ पटक पढिएको | सीमा संदेश
alt

जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ । पार्टीको निर्देशन विपरीत काम गर्न थालेको भन्दै जनमत पार्टीले मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधेको हो ।  

जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले शुक्रबार मुख्यमन्त्रीलाई स्पष्टीकरण सोधिएको पुष्टि गरे । उनका अनुसार मुख्यमन्त्री सिंहले सरकारको नेतृत्व गरेको दुई महिनामै पार्टीसँग समन्वय नगरी काम गर्न थालेपछि स्पष्टीकरण सोधिएको हो ।

मन्त्रालय बाँडफाँड र मन्त्रीमण्डल विस्तारमा मनपरी गरेपछि पहिलो पटक पार्टीको तर्फबाट स्पष्टीकरण सोधिएको प्रवक्ता यादवको भनाइ छ । 

उनले भने, ‘खासगरी मन्त्रीमण्डल विस्तारमा पार्टीसँग समन्वय गर्नु भएन, प्रदेश सांसदहरूलाई पाँच करोड दिने विवादास्पद अभिव्यक्ति दिनुभयो । पार्टीको निर्देशन विपरीत गतिविधि हुँदा पार्टीको बदनामी भइरहेको छ, यही विषयहरू राखी मुख्यमन्त्रीसँग जवाफ मागिएको छ ।’ 

मुख्यमन्त्री सिंह जनताको काम भन्दा औपचारिक कार्यक्रमहरूको उद्घाटनतर्फ बढी लागेको समेत जनमत पार्टीले स्पष्टीकरण पत्रमार्फत आरोप लगाएको छ । 

तर यता मुख्यमन्त्री सिंहले भने स्पष्टीकरण नियमित प्रक्रिया भएको बताए । उनले भने, ‘पार्टीको यो नियमित प्रक्रिया हो, केही विषयमा त्रुटि भएको होला त्यसलाई सुधार गर्न पार्टीले ध्यानाकर्षण गराएको हो । अरू केही होइन ।’

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब