मेयर र वडाध्यक्षबीच कुटाकुट

  • साउन ३०, २०८१ | ४१३ पटक पढिएको | सीमा संदेश
alt

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल र वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठबीच शिक्षक सरुवाको विषयमा विवाद हुँदा कुटाकुट भएको छ ।

मेयर पौडेलले वडा नम्बर २ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा कार्यरत शिक्षक मेघराज गिरीलाई वडा नम्बर ७ स्थित फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा सरुवा गरेका थिए । त्यस्तै फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयमा कार्यरत महिला शिक्षक सीता अधिकारीको सरुवा गरी वडा २ स्थित सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा पठाएका थिए ।

मेयर पौडेलले गरेको शिक्षक हेरफेरको निर्णयमा वडाध्यक्ष श्रेष्ठले आफूसंग सल्लाह नै नलिँदा चित्त नबुझेको भन्दै विरोध गरे । वडा अध्यक्ष श्रेष्ठ शिक्षक सरुवाको विरोध गरिरहेकै बेला मंगलबार सिमरा नेरा नमूना माध्यमिक विद्यालयमा शिक्षक सिता अधिकारी पुगेपछि विवाद बढेको छ । वडा अध्यक्षले हाजिर हुन नदिने भनेपछि मेयर पौडेल विद्यालय पुगेका थिए ।

मेयर पौडेलले जर्वजस्ती हाजिर गराउन खोज्दा वडा अध्यक्षसंग घम्साघम्सी नै भएको थियो । त्यसपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक चिरञ्जीवि पौडेलले थामथुम पारे । वडाध्यक्ष श्रेष्ठले आफ्नो वडाको विद्यालयमा सरुवा भएको आएको ६ महिना नवित्दै शिक्षक मेघराज बराललाई वडा ७ को विद्यालयमा पठाएपछि विवाद भएको बताए ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब