काँग्रेस सभापति देउवाको घर अगाडी शंकास्पद वस्तु फेला, भेटियो माओवादीको पर्चा

  • भदौ ९, २०८१ | ५३९ पटक पढिएको | सीमा संदेश
alt

धनगढी ।  कांग्रेसका सभापति देउवा निवास अगाडि शँकास्पद वस्तु फेला परेको छ । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति करिब १ बजेको समयमा शंकास्पद वस्तु फेला परेको प्रहरीले बताएको छ ।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले पूरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको पुष्ठि गरेका छन तर उक्त वस्तु के हो ? भन्ने कुरा अहिलेसम्म स्पष्ट उनले बताए ।

उक्त शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको बम  डिस्पोजल टोलीलाई बोलाइने प्रहरीले जनाएको छ अहिले उक्त देउवा निवासमा देउवाका भतिज सुदूरपश्चिमका पूर्व भौतिक पुर्वाधार मन्त्री प्रकाशबहादुर देउवा बस्दै आएका छन  । 

उक्त घटना नेकपा (माओवादी) कैलाली जिल्ला समितिले जनकार्वाही स्वरुप राखिएको बताएको छ । नेकपा माओवादीको केन्द्रिय घोषित कार्यक्रम भ्रष्ट र दलाहरुलाइ कार्वाही गर्ने नितिअनुसार नै गरिएको माओवादी जिल्ला स्रोतले बताएको छ भने घटना स्थलमा नेकपा माओवादीको पर्चा समेत भेटिएको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब