दलित बालिकालाई कुटपिट गर्ने दोषीलाई कारबाही गर्न माग

  • भदौ ३०, २०८१ | ३६२ पटक पढिएको | सीमा संदेश
alt

दलित बालिकाहरुमाथि भएको कुटपिट घटनामा संलग्न रहेका दोषीलाई तत्काल पक्राउ गर्न प्रदेशसभा सदस्य ललिता दासले माग गरेकी छन् ।

मधेश प्रदेशसभामा शनिबार सदनमा बोल्दै प्रदेशसभा सदस्य ललिता दासले सर्लाही भलुवाहीमा ८ जना दलित बालिकाहरुमाथि भएको कुटपिट घटनामा संलग्न रहेका दोषीहरुलाई तत्काल पक्राउ गर्नुपर्ने माग गरेकी छन् । सो बैठकमा बोल्दै सांसद दासले प्रदेश सरकारसँग दोषीलाई कानुनी दायरमा ल्याउनका लागि माग गरिन् ।

प्रदेशसभा सदस्य दासले भनिन्, ‘साँच्चिकै दलितको लागि न्याय मरेको हो त ? नत मिडयालाई मतलव छ नत प्रहरी प्रशासनलाई । कयौं बन्धन तोडेर विद्यालयसम्म पुगेका सर्लाही भलुवाहीका ८ जना दलित बालिकाहरुलाई घर फर्किने बेलामा विनोद डाक्टर र रामइश्वरको छोराहरुले हाम्रो भाइबहिनीहरुसँग बराबरी मुख लाग्छस् भनेर मरनासन्न हुनेगरि कुटपिट गरे ।

अहिले ति बालिकाहरु अस्पतालमा उपचाररत छन् । यो विषयलाई त्यहाँका जनप्रतिनिधिहरुले ढाकछोप गरि लुकाउन खोज्दै छन् । के यस्तै भइराख्यो भने दलित बालबालिकाहरु ढुक्क भएर आफ्नो मनको कुराहरु बोल्न सक्छन् त ? फेरि ढुक्क भएर विद्यालय जान सक्छन् ? यसमाथि कडाभन्दा कडा कारवाहीको माग गर्दछु ।’

प्रदेशसभा सदस्य दासले यसअघि पनि संसदमा वन कार्यालय लहानका अधिकृत सुजितकुमार झाको सरुवामा मुख्यमन्त्री सतीशकुमार सिंहले घुस लिएको आरोप लगाएकी थिइन् ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब