चार लाख रुपैयाँमा चिनियाँलाई घरमै नागरिकता तिब्बतियनदेखि धादिङ जिल्ला प्रशासनका कर्मचारीसम्म रकम बाँडफाँट

  • असोज ९, २०८१ | ५१० पटक पढिएको | सीमा संदेश
alt

एक चिनियाँ युवक जिल्ला प्रशासन कार्यालयमा समेत उपस्थित नभई नेपाली नागरिकता लिन सफल भएका छन् । जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई आर्थिक प्रभावमा पारेर नागरिकता लिएको प्रहरी अनुसन्धानमा खुलेको हो । 

चीनको तिब्बत घर भएका सोनाम तामाङले जिल्ला प्रशासन धादिङबाट गत असारमा नागरिकता लिएका थिए । नागरिकता प्राप्त गर्ने सोनामले जिल्ला प्रशासनमा उपस्थित नै नभई त्यहाँका कर्मचारीलाई ५० हजार घुस दिएर नागरिकता लिएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोनामसहित पाँचजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । 

प्रहरीले सोनामसहितका व्यक्तिलाई गत ४ असोजमा बौद्धमा जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको थियो । उनी चिनियाँ नागरिक रहेकोमा नेपाली नागरिकता भेटिएपछि प्रहरीले छानबिन गर्दा २६–०१–८१–०३२१७ नम्बरको सो नागरिकता सक्कली भएको खुल्यो । सो नागरिकता दिलाउन सहयोग गर्ने मदनबहादुर तामाङ, रामेश्वर रिमाल, छिरिङ ढुन्डुप र छिरिङ वाङ्दिन शेर्पालाई पक्राउ गरिएको एसपी काजी आचार्यले बताए । 

सो नागरिकता लिन आफूले चार लाख रुपैयाँ खर्च गरेको सोनामले प्रहरीको सोधपुछमा बताएका छन् । उनले सो पैसा तिब्बतका छिरिङ ढुन्डुपलाई दिएका थिए । छिरिङले ५० हजार आफूसँग राखेर बाँकी तीन लाख ५० हजार सिन्धुपाल्चोक घर भएका छिरिङ वाङ्दिन शेर्पालाई दिई काम लगाएका थिए । छिरिङले ५० हजार आफूसँग राखेर धादिङ खनियाँवासका रामेश्वर रिमाललाई तीन लाख दिई कामको थप जिम्मा लगाएका थिए । रिमालले एक लाख आफूले राखेर दुई लाख खनियाँवासकै मदन तामाङलाई दिएकोमा उनले नै जिल्ला प्रशासनमा सेटिङ मिलाएर नागरिकता निकालिदिएका थिए । सोनाम तामाङको नाममा नागरिकता निकाल्न मदनले जिल्ला प्रशासनका नायब सुब्बा कृष्णप्रसाद थपलियालाई ५० हजार दिएका थिए । आफूले ५० हजार लिएर नागरिकता बनाइदिएको थपलियाले स्विकारेका छन् ।

गत ६ असारमा जारी भएको नागरिकतामा अधिकृत छत्र अधिकारीको हस्ताक्षर छ । नेत्रावती डबजोङ गाउँपालिका– १ ठेगाना राखेर हर्कमान तामाङलाई बुबाका रूपमा खडा गरी नागरिकता दिइएको खुलेको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालयका कर्मचारीमाथि पनि छानबिन अघि बढाएको छ । नागरिकता बनाउँदा सम्बन्धित व्यक्ति अनिवार्य उपस्थित हुनुपर्नेमा सोनाम धादिङ नै गएका थिएनन् । उनी राष्ट्रिय परिचयपत्र र राहदानीसमेत बनाउने प्रक्रियामा थिए । धादिङ प्रहरीले पक्राउ परेकामाथि मुद्दा प्रक्रिया अघि बढाएको छ । 

सेटिङको मुख्य भूमिकामा नायब सुब्बा थपलिया देखिएका छन् । उनी लामो समयदेखि धादिङ प्रशासनमा कार्यरत छन् । उनले विगतमा पनि धेरै चिनियाँलाई यसरी नै नागरिकता ‘बेच्दै’ आएको सूचना प्राप्त भएको प्रहरीको दाबी छ । यो घटनामा धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको भूमिकासमेत शंकास्पद देखिएको छ ।

तिब्बतका युवकले यसरी पाए नेपाली नागरिकता
चीनको तिब्बत घर भएका सोनाम तामाङले नेपाली नागरिकता लिन आफूले चार लाख रुपैयाँ खर्च गरेको प्रहरी सोधपुछमा बताएका छन् । उनले सो पैसा तिब्बतका छिरिङ ढुन्डुपलाई दिएका थिए । छिरिङले ५० हजार आफूसँग राखेर बाँकी तीन लाख ५० हजार सिन्धुपाल्चोक घर भएका छिरिङ वाङ्दिन शेर्पालाई दिई काम लगाएका थिए । छिरिङले ५० हजार आफूसँग राखेर धादिङ खनियाँवासका रामेश्वर रिमाललाई तीन लाख दिई कामको थप जिम्मा लगाएका थिए । रिमालले एक लाख आफूले राखेर दुई लाख खनियाँवासकै मदन तामाङलाई दिएकोमा उनले नै जिल्ला प्रशासनमा सेटिङ मिलाएर नागरिकता निकालिदिएका थिए । सोनाम तामाङको नाममा नागरिकता निकाल्न मदनले जिल्ला प्रशासनका नायब सुब्बा कृष्णप्रसाद थपलियालाई ५० हजार दिएका थिए । आफूले ५० हजार लिएर नागरिकता बनाइदिएको थपलियाले स्विकारेका छन् । गत ६ असारमा २६–०१–८१–०३२१७ नम्बरको नागरिकता जारी भएको थियो । 

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब