रेल डुबाउन आर्थिक खेल ! गलत प्रचारबाजी गर्दै महाप्रबन्धक नै डुबाउन सक्रिय

  • असोज ११, २०८१ | ३८६ पटक पढिएको | सीमा संदेश
alt

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको प्रक्रिया अन्तिम चरणमा रहेको र चाँडै सञ्चालनमा आउने बताएका छन् ।

जनकपुरधामको रेल्वे स्टेसनमा बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री दाहालले नेपाल रेल्वेलाई समयसापेक्ष सुविधा सम्पन्न बनाउन र मुनाफामा पु¥याउनका लागि नेपाल सरकारले विभिन्न योजना ल्याउन लागेको जानकारी दिए । ‘नेपाल रेल्वेको वासिङ सेन्टर निर्माणको प्रक्रिया अगाडि बढाइएको छ, वासिङ सेन्टर निर्माणसँगै केही हदसम्म घाटामा कमी आउँछ ’ उनले भने, आगामी दिनमा कार्गो रेलसेवा समेत सञ्चालन गर्ने हाम्रो तयारी छ ।’ घाटामा सञ्चालन भइरहेको रेललाई मुनाफा लान सरकार गम्भीर रहेको मन्त्री दाहालले बताए ।

निर्माण भएका तथा निर्माणाधीन सडक सञ्जालका साथै नेपाल रेल्वेको निरीक्षणका लागि जनकपुरधाम आइपुगेका मन्त्री दाहालले नेपालको ‘ड्रिम प्रोजेक्ट’ रेल सेवालाई महोत्तरीको बर्दिबाससम्म सञ्चालन गर्ने प्रयास भइरहेको बताए । नेपालमा सञ्चालनमा रहेको एकमात्र कुर्था– जनकपुरधाम–जयनगर रेल सेवालाई डुबाउन महाप्रबन्धक निरञ्जन झा र भारतीय रेल कम्पनी कोकणका इनायत हुसेन मिलेमतो गरी दुई वर्ष बितिसक्दा पनि नेपालीलाई प्राविधिक प्रशिक्षण दिएको छैन ।

भारतीय कर्मचारीहरुको कारण रेललाई ठूलो आर्थिक क्षति भइरहेको छ । त्यस्तै रेल्वे मैनेजर एलएस मिनाले दुई वर्षमा नेपालीलाई प्राविधिक ज्ञान दिन असफल भएपछि उनलाई विस्थापित गरेर डीजीएम राजेश हम्बललाई कोकणले जिम्मेवारी दिएको छ । जयनगरमा नेपाल रेल्वेको प्राविधिक पक्ष सहित सञ्चालनको जिम्मेवारी पाएका मैनेजर एलएस मिनाको कारण रेल थप घाटामा छ । उनी जयनगरमा मात्र बस्छन् । दिनभरमा त्यहाँ रेल तीन पटक मात्र जाने भएकाले उनको काम नै छैन । उनको तलब र सुविधा नै हटाइएमा रेललाई ठूलो आर्थिक बचत हुनेछ । भारतको सीमावर्ती जयनगर स्टेशनमा नेपाल रेल्वेमा एकजना टिकट काट्ने बाहेक अन्य कर्मचारीहरु नेपाली छैनन् ।

रेलसँगै इनर्वा स्टेशनबाट सशस्त्र प्रहरीका दुई जना सुरक्षाकर्मी जयनगरसम्म जाने र फर्किने क्रममा रेलको झ्याल बन्द गर्ने बाहेक ब्लेकियाले ल्याउने मालसमानको निगरानी बाहेक केही काम गर्दैनन् । रेलका टीटीले कतिजना बसेको र कति जना कहाँसम्म जाने मिलाउँदैन् । उनले टिकट हेर्ने बाहेक अन्य काम गर्न सक्ने ज्ञान हालसम्म पाएका छैनन् । टीटीहरु पनि करारमा नियुक्त कर्मचारी हुन् । महाप्रबन्धक झाको दोस्रो कार्यकाल चलिरहेको छ । हालको रेलमा मालवाहक बोगी जोड्ने प्रविधि छैन ।

त्यसका लागि अलग्गै इञ्जिनको व्यवस्था गर्नुपर्ने प्राविधिकहरुको कथन छ । जयनगर–जनकपुर हुँदै महोत्तरीको बिजलपुरा पुग्ने रेललाई बर्दिबाससम्म चलाउन पहल भइरहेको मन्त्री दाहालको भनाइ थियो । मुआब्जा विवादका कारण बर्दिवाससम्म रेलसेवा सञ्चालनमा ढिलाइ भइरहेको उनले बताए । रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले रेल्वेमा कर्मचारी अभाव हटाउन छिट्टै स्थायी कर्मचारी भर्ना गर्ने, स्टेसनहरुको क्षमता विस्तार गर्ने, पूर्वाधार निर्माण गर्ने तथा जनकपुरधामदेखि अयोध्यासम्म रेल सेवा सञ्चालनका लागि तयारी अन्तिम चरणमा रहेको बताए ।

झाले पटक पटक जनकपुरधामबाट अयोध्यासम्म रेल गुडाउने बताए पनि त्यो रेल भारतीय रेल्वेको हुने अथवा नेपाल रेलवेको त्यो प्रष्ट गर्दैनन् । तर यस अघि उनले जनकपुरधामबाट अयोध्याका लागि टिकट काटेको रेल भारतीय रेलवेको थियो । हाल त्यो रेल दरभंगाबाट अयोध्या सञ्चालन भइरहँदा यात्रुको अभाव भइरहेको छ ।

महाप्रबन्धक झाले सुरक्षाकर्मीहरुसित समेत सेटिंग गरी तस्करहरुलाई लाभ पु¥याइरहेका छन् । त्यस बापत उनले मोटो रकम असुल गर्दै आएका छन् । करार कर्मचारीलाई भर्ना गरेर उनले अतिरिक्त लाभ लिने गरेको आरोप लाग्दै आएको छ । कोकण रेल्वेसित भएको सम्झौता अनुसार १ वर्ष सम्म रेल सञ्चालन र नेपाली जनशक्तिलाई दक्ष बनाएर सञ्चालन हस्तान्तरण गर्ने रहेको थियो ।

तर तेस्रो वर्षका लागि सम्झौता हुँदा पनि नेपाली जनशक्तिले रेलको इञ्जिनमा प्रवेश पाएका छैनन् । नेपाल रेल्वे कम्पनीले गत आर्थिक वर्ष ०८०/०८१ मा ७ करोड ७५ लाख रुपैयाँभन्दा बढी कारोबार गरेको जनाए । गत वर्ष १५ लाखभन्दा बढी यात्रुलाई सवारी सेवा प्रदान गरिएको थियो । भारतीय सीमावर्ती जयनगरदेखि मधेश प्रदेशको राजधानी जनकपुरधाम हुँदै महोत्तरीको भंगहासम्म हाल सञ्चालन हुँदै आएको रेलसेवाबाट गत आर्थिक वर्षमा नौ लाख नेपाली र ६ लाख बढी भारतीय नागरिकले सेवा लिएका थिए।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब