हनिट्रयापमा पार्ने दुई युवतिसहित तीन जना पक्राउ

  • मंसिर १३, २०८१ | ४२७ पटक पढिएको | सीमा संदेश
alt

 फार्मेसी सञ्चालकलाई हनीट्र्यापमा पारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ​

फार्मेसी सञ्चालकले अनलाइनमार्फत अप्वाइन्टमेन्ट लिएर घरमा ‘ड्रेसिङ सेवा’ दिँदै आएका थिए । अनलाइनमा सम्पर्कमा आएकी वर्षाले फार्मेसी सञ्चालकलाई खुट्टाको घाउ ड्रेसिङ गर्न भन्दै डेरामा बेलाएकी थिइन् । ​

फार्मेसी सञ्चालक स्कुटर लिएर राधेराधेस्थित वर्षाको डेरामा पुग्छन् । डेरामा पुगेपछि वर्षाले ती युवालाई एक बुढी आमाको घाउ ड्रेसिङ गर्ने भन्दै कोठामा रोकेर राख्छिन् । उनीहरू कोठामा बसिरहेकै बेला बाहिरबाट समृद्धि आउँछिन् र आफ्नो नन्द वर्षालाई बलात्कार गर्न खोजेको भन्दै आरोप लगाउन थाल्छिन् । 

फार्मेसी सञ्चालक डराएर त्यहाँबाट भाग्छन् । वर्षाले योजनाबद्ध ढंगले दीपेन्द्र र समृद्धिलाई लिएर फार्मेसीको ठेगानामा पुगेर रकम बार्गेनिङ गर्न शुरू गर्छिन् ।

शुरूमा त फार्मेसी सञ्चालकले आफ्नो कुनै गल्ती नभएको बताउँछन् । तर, प्रतिष्ठामा आँच आउने देखिएपछि उनी ८ लाख रूपैयाँ दिन सहमति गर्छन् । रकम पुरै नदिँदै फार्मेसी सञ्चालकले प्रहरीमा खबर गर्छन् । त्यसपछि खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

पीडितबाट आरोपीहरूले ५० हजार नगद र ७५ हजारको चेक लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । अनुसन्धान कार्यालयका प्रवक्ता, एसपी आचार्यका अनुसार खासमा समृद्धि र वर्षाबीच कुनै सम्बन्ध थिएन । फार्मेसी सञ्चालकलाई फसाउने योजनामा नन्द(भाउजुका रूपमा प्रस्तुत भएका थिए ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब