महोत्तरी र पर्सा सीडीओलाई स्पष्टीकरण

  • मंसिर १३, २०८१ | ३७५ पटक पढिएको | सीमा संदेश
alt

विवादित छवि भएका महोत्तरीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लालबाबु कवारीको संलग्नतामा घुसखोरी व्याप्त बढेपछि गृहमन्त्री रमेश लेखक स्वयम्ले स्पष्टीकरण सोधेका छन् ।

महोत्तरीको जिल्ला प्रशासन कार्यालयको प्रशासन शाखाका नायब सुब्बा अशोककुमार यादव घुससहित पक्राउ परेका हुन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास टोलीले यादवलाई पक्राउ गरेको थियो । त्यसपछि गृहमन्त्री लेखकले कवारीलाई मन्त्रालयमा नै बोलाएर स्पष्टीकरण लिएका छन् ।

गृहमन्त्री लेखकले प्रशासन कार्यालयम नै भइरहेको अनियमितता रोक्न असफल रहेको भन्दै मिलेमतोको विषय समेत उठाएको बताइएको छ । यादवले दिएको वयानमा प्रमुख जिल्ला अधिकारी कवारीले समेत भागबण्डा लिने गरेको बताएको स्रोतले जनाएका छन् । प्रजिअ कवारीको विगतमा पनि अत्यन्त विवादित छ । उनी सिरहामा सीडीओ हुँदा पनि अत्यन्त विवादित बनेका थिए ।

दलालहरु राखेर उनले घुस लिने, जग्गा जमिनको विवाद सुल्झाउने भूमिका गर्दा अत्यधिक रकम लिने गरेको आरोप लागेको थियो । उनले घुस लेनदेनको संवाद गरेको अडियो पनि सार्वजनिक भएको थियो । त्यसमा उनले जग्गाको विवाद मिलाउन लेनदेनको विषयमा गरेको संवाद थियो । अडियो सार्वजनिक भएपछि उनलाई सिरहाबाट मन्त्रालयले तानेको थियो ।

कवारी महोत्तरी जिप्रकामा आउनासाथ घुसखोरी निकै बढेको बताइन्छ । पीडित सर्वसाधारणको दुखेसो जिप्रकामा सुनिदैन । पीडकले घुस दिएर आफ्ना पक्षमा काम गराउने गरेको आरोप लाग्दै आएको छ । सर्वसाधारणले नागरिकता, मुद्दा लगायतमा घुस नदिइ काम नै अगाडि नबढ्ने महोत्तरीका नेताहरुले समेत बताउन थालेका छन् ।

गृहमन्त्रालय स्रोतका अनुसार महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा नम्बर २ मा उपचुनाव भइरहेकोले कवारीको सरुवा रोकिएको छ । चुनाव सकिए लगतै उनलाई मन्त्रालयले कारवाही गरिने स्रोतले जनाएको छ । कवारीले जिप्रका महोत्तरीमा सरुवा भएर आएदेखि १० दिन काम गर्न नपाउँदै घुसकै विवादमा तानिएका छन् ।

जिप्रका महोत्तरीमा अख्तियारले रंगेहात कर्मचारी पक्राउ गरेको सम्भवत यो नै पहिलो हो । यस सम्बन्धमा कवारीसित सम्पर्क हुन सकेन । यसैगरि पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्याललाई पनि गृहमन्त्रालयमै बोलाएर मन्त्री लेखकले स्पष्टीकरण सोधेका छन् । अर्यालले गत हप्ता अस्पताल तोडफोड सम्बन्धी विषयमा विवादित अभिव्यक्ति दिएको आरोप लागेको हो । उनले दिएको अभिव्यक्ति समाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

अर्याल पर्सा आउनु अघि पनि अभिव्यक्तिकै कारण विवादमा परेका थिए । जिल्लाको सीडीओले बोल्ने मर्यादा समेत नबुझेका अर्याललाई गृहमन्त्री लेखकले हप्काएका थिए । जथाभावी बोल्ने, जोसुकैसित सम्पर्क बढाउने, सेवाग्राहीको कामप्रति गम्भीर नहुने आरोप उनीमाथि लाग्दै आएको छ । मधेश प्रदेशमा पर्सा जिल्ला अत्यन्त संवेदनशिल मानिन्छ ।

तस्करीको हब मानिएको पर्सा जिल्लामा अनेक प्रकारको अवैध धन्धा हुने गरेको छ । सीडीओले पर्सालाई सर्वाधिक उर्बर भूमिको रुपमा लिने गरेका छन् । मन्त्रालय स्रोतका अनुसार दुवै जिल्लाका सीडीओहरूलाई आइन्दा प्रश्न उठ्ने किसिमको गतिविधि नगर्न चेतावनी दिएको छ । बुधवार सम्म दुबै सीडीओ कार्यक्षेत्रमा फर्किसकेका छैनन् ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब