मदिरा बोकेको स्कोरपीयोको ठक्करबाट सशस्त्र प्रहरी सईको मृत्यु

  • मंसिर १६, २०८१ | ५७५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १६ मंसिर। सिरहाका स्कोरपीयोको ठक्करबाट एक सशस्त्र प्रहरी सईको मृत्यु भएको छ। नम्वर नखुलेको स्कोरपीयोको ठक्करबाट भारतीय सीमानजीकै बडीयारपट्टी १ कचनारी भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरीका सई ४८ वर्षिय लक्ष्मण प्रसाद यादवको आईतबार विहान मृत्यु भएको हो। 

भारत तर्फ मदिरा तस्करी भईरहेको छ भन्ने सूचनाका आधारमा टोलिले स्कोरपीयोलाई आज विहान ३ बजेतिर चेक गर्ने क्रममा ठक्कर दिएको थियो।  घाइते सईलाई तत्काल उपचार गराउन रामकुमार उमापसाद स्मारक प्रादेशीक अस्पताल लहान लगेपनि मृत घोषणा गरेको प्रहरीले जनाएको छ। सई यादव कचनारी १ वडहरी बेस क्याम्पका कार्यरत थिए। 

सशस्त्र प्रहरी ७ नम्वर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिलाई देखेर भाग्ने क्रममा स्करपीयोले ठक्करदिएर भागेको भन्ने सूचना प्राप्त भएको जनाए। उनले अहिले सम्म ती स्कोरपीयोले मदिरा बोकेको भन्ने सूचना आएपनि स्कोरपीयो फेला नपरेकाले यसै भन्न नसकिने जनाए। 

पछिल्ला दिनहरुमा भारतीय सीमाक्षेत्रबाट भारत लान ठिकपारेका मदिरा बरामद भईरहेको छ। यता जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी बीरेन्द्र कुमार पासवानले घटनापछि भागेकाले खोज तलास भईरहेको जनाए। उनले घटनाबारे अनुसन्धान भईरहेको र अहिले प्रहरी घटनास्थलमा रहेकोले थप विवरणहरु संकलन भईरहेको बताए। 

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब