रौतहटको गढीमाई –८ मा एकीकृत समाजवादी र ईशनाथ–७ मा कांग्रेस विजयी

  • मंसिर १७, २०८१ | ४०१ पटक पढिएको | सीमा संदेश
alt

रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ८ को वडाध्यक्ष पदमा नेकपा एकीकृत समाजवादीका बजरङ्गीप्रसाद यादव विजयी हुनुभएको छ । हिजो सम्पन्न उपनिर्वाचनमा उहाँले छ सय ५५ मत प्राप्त गर्नुभएको हो ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका जिउतीदेवी यादवले छ सय ३१ मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका सुबोधकुमार यादवले छ सय १७ मत र जसपा नेपालका सन्देशप्रसाद यादवले दुई सय ५८ मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिनुभयो । यसअघिको चुनावमा जनता समाजवादी पार्टी नेपालका रामाज्ञा यादव निर्वाचित हुनुभएको थियो ।

यसैबीच ईशनाथ नगरपालिका वडा नम्बर ७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिकले छ सय २७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार शेख अनवरले पाँच सय ७५ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालय प्रमुख दासले जानकारी दिनुभयो ।

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

मान्छेहरु भन्थे, ‘हिरोइन बन्न सक्दिनौ’,

टेलिभिजनको दुनियाँदेखि बलिउडसम्म आफ्नो दमदार अभिनय र क् ...

दसैंमा मासु: कति खानु ठीक, कति खाए ज्यानलाई जोखिम

नेपाली समाजमा दसैं भन्नेबित्तिकै पारिवारिक पुनर्मिलन र ...

एमालेले साथ छाड्दा मधेस सरकार संकटमा, नयाँ गठबन्धन

सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कांग्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब