रवि र छविविरुद्ध पर्सा जिल्लामा पनि पक्राउ पुर्जी जारी

  • मंसिर २०, २०८१ | ३८९ पटक पढिएको | सीमा संदेश
alt

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पर्सा जिल्लामा पनि पक्राउ पुर्जी जारी भएको छ ।

वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनमा अनुसन्धान गर्न उनीहरूसहित १४ जनामाथि बुधबार पक्राउ पुर्जी जारी भएको छ । पर्सा जिल्ला अदालतले पक्राउ गरी अनुसन्धान थाल्न बुधबार प्रहरीलाई अनुमति दिएको पर्साका प्रहरी प्रमुख कुमुद ढुंगेलले जानकारी दिए । सभापति लामिछाने प्रबन्ध निर्देशक रहेका बेला सो सहकारीबाट ८ करोड रकम गोर्खा मिडिया नेटवर्कमा गएको पाइएको छ ।

यसअघि लामिछाने र जोशीविरुद्ध कास्की, रुपन्देही, काठमाण्डु र चितवनमा पनि पक्राउ पुर्जी जारी भइ अनुसन्धान जारी रहेको छ । लामिछाने कास्की प्रहरीको हिरासतमा रहेकै बेला प्रहरीले पक्राउ पुर्जी जारी भएका अन्य जिल्लामा लगेर बयान गराइरहेको छ । बुधबार उनलाई चितवनमा लगेर बयान लिने कार्य भएको छ । चितवनपछि उनलाई वीरगञ्जमा बयानका लागि ल्याइने छ । यसअघि रुपन्देही र काठमाण्डुमा लगेर बयान लिइसकिएको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब