नेपालले बीआरआई सम्झौतामा हस्ताक्षर गरेपछि भारतीय मिडियाले के लेखे ? नवभारत टाइम्सले नेपालले बीआरआईमा हस्ताक्षर गर्दा भारतलाई टेन्सन भएको समाचार लेखेको छ ।

  • मंसिर २०, २०८१ | ४१२ पटक पढिएको | सीमा संदेश
alt

 नेपालले चीनको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेको विषयलाई भारतीय मिडियाहरुले प्राथमिकताका साथ समाचार प्रकाशित गरेका छन् । उनीहरुले नेपाल चीनतिर ढल्किएको, चीनको ऋणको पासोमा परेको लगायतका विश्लेषणसहित समाचार छापेका छन् ।

बीबीसीको हिन्दी संस्करणले बीआरआई सम्झौतामा हस्ताक्षर गरेबाट नेपाल भारतको प्रभावबाट टाढा जाने कोसिसको रुपमा हेरिएको जनाएको छ ।

बिजनेस स्ट्याण्डर्डले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको परनिर्भरता कम गर्न चाहेकाले चीनसँग बीआरआई सम्झौतामा हस्ताक्षर गरेको लेखेको छ । उसले लेखेको छ, ‘ओली उत्तरी छिमेकीसँग आर्थिक सम्बन्ध गहिरो र पुनर्गठित गर्न चाहन्छन् । साथै उनी भारतसँग परम्परादेखि चल्दै आएको निर्भरता कम गर्न चाहन्छन् ।’

नेपालको अन्तर्राष्ट्रिय व्यापारको हिस्सा भारतसँग दुई तिहाइ र चीनसँग १४ प्रतिशत मात्र भए पनि चीनले नेपाललाई भारतको तुलनामा ३० मिलियन डलरभन्दा बढी अनुदान दिने गरेको पनि समाचारमा उल्लेख छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब