मुख्यमन्त्रीको पुतला दहन

  • माघ ३, २०८१ | ४०२ पटक पढिएको | सीमा संदेश
alt

मुख्यमन्त्री सतीशकुमार सिंहको जनकपुरधाममा पुतला दहन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच उत्पन्न विवादका कारण मुख्यमन्त्री सिंहको पुतला दहन गरिएको छ ।

प्रदेशस्थित स्वास्थ्य मन्त्रालयको अधिकार क्षेत्रभित्र पर्ने काममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हस्तक्षेप गरेको भन्दै बुधबार नेकपा एमाले समर्थित राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गरेको छ । उनीहरुले मुख्यमन्त्री सिंहको पुतला दहन गर्दै नाराबाजी गरेका थिए । केही महिना अघि पटकपटक सरुवा गर्दा पनि सरकारलाई अटेर गरेको भन्दै तत्कालीन प्रयोगशाला निर्देशक श्रवण मिश्रलाई हटाएर कुमार मृत्युञ्जय प्रसादलाई स्वास्थ्य मन्त्रालयले निमित्त निर्देशकको जिम्मेवारी दिएको थियो ।

सोही पदमा दुई दिन अघि प्रणव यादवलाई मुख्यमन्त्री कार्यालयले जिम्मेवारी तोकेर पठाइदिएपछि विवाद उत्पन्न भएको छ । गत पुस २८ गतेको दिन मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत मिथिलेश कुमार महतोले यादवलाई अर्को व्यवस्था नभएसम्मका लागि भन्दै प्रयोगशालाको निमित्त निर्देशकको रुपमा काम गर्न जिम्मेवारी सहित पत्र दिएका थिए ।

सो पत्रको आधारमा यादव उक्त प्रयोगशालामा २९ गते हाजिर भए । तर २९ गते नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रयोगशालालाई पत्र लेख्दै मुख्यमन्त्री कार्यालयको पत्र लिएर गएका यादवलाई हाजिर हुन नदिन पत्र नै लेखेको थियो । मन्त्रालयका निमित्त प्रदेश सचिव राजेश कुमार मिश्रले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई बोधार्थ दिँदै प्रयोगशालालाई लेखेको पत्रमा भनिएको छ, ‘प्रयोगशाला दरबन्दी विवरणमा यादवको सेवा, समूह र पदको दरबन्दी रिक्त नदेखिएकोले उनलाई अर्को व्यवस्था नभएसम्मका लागि हाजिर नगराई सम्बन्धित कार्यालयमा फिर्ता पठाउन हुन मन्त्रिस्तरीय निर्णय अनुसार अनुरोध छ ।’ त्यसलगत्तै मन्त्रालयले प्रदेश लेखा नियन्त्रकको कार्यालयलाई समेत पत्र लेखेर मुख्यमन्त्री कार्यालयबाट जिम्मेवारी तोकिएको भनिएको प्रणव यादवको नाममा जनस्वास्थ्य प्रयोगशालाको खाता सञ्चालन गर्न नदिन पत्राचार गरेको छ ।

यता यादवले आफू मुख्यमन्त्री कार्यालयको पुस २८ गतेको पत्रबाट २९ गते प्रयोगशालामा हाजिर भइसकेको व्यहोराको पत्र मुख्यमन्त्री कार्यालयमा पठाएका छन् । तर प्रयोगशालाका कर्मचारीहरुले भने आर्थिक वर्षको आधा समय अर्थात ६ महिना बितिसक्दा पत्र संख्या १ उल्लेख गरी यादवले प्रयोगशालाको नामबाट मुख्यमन्त्री कार्यालयलाई लेखेको हाजिर भइसकेको व्यहोराको पत्र नै फर्जी भएको जिकिर गरेका छन् । मन्त्रालयको अधिकार क्षेत्र मुख्यमन्त्री कार्यालयले मिचेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन सिंहले असन्तुष्टि जनाएका छन् ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब