सार्वजनिक ऋण २५ खर्ब नाघ्यो

  • माघ ६, २०८१ | ५४२ पटक पढिएको | सीमा संदेश
alt

–प्रतिव्यक्ति ऋणको भार ८६ हजार ९ सय ६० रुपियाँ
–१० वर्षमा २० खर्ब ऋण बढ्यो

सार्वजनिक ऋण २५ खर्ब रुपियाँ नाघेको छ। चालू आर्थिक वर्षको छ महिनामा १ खर्ब २ अर्ब ३ करोड रुपियाँ ऋण थपिएसँगै कुल सार्वजनिक ऋण २५ खर्ब ३६ अर्ब १३ करोड १४ लाख रुपियाँ पुगेको हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सार्वजनिक ऋणको दायित्व ४४ दशमलव ४६ प्रतिशत रहेको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको जीडीपी ५७ खर्ब ५ अर्ब रुपियाँ अनुमान गरिएको छ। आर्थिक वर्षको सुरूवातमा कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड ९८ लाख रुपियाँमा रहेको थियो।

 

सो अवधिमा सरकारले कुल २ खर्ब ४० अर्ब ८ करोड ७२ लाख रुपियाँ ऋण लिएको भए पनि १ खर्ब ८२ अर्ब ४० करोड १९ लाख रुपियाँ अर्थात् लक्ष्यको ४५ दशमलव २८ प्रतिशत ऋणको साँवा ब्याज भुक्तानी गरेको छ। चालू आवमा सरकारले ५ खर्ब ४७ अर्ब रुपियाँ ऋण लिने लक्ष्यमा आन्तरिकतर्फ ३ खर्ब ३० अर्ब र बाह्यतर्फ २ खर्ब १७ अर्ब रहेको छ। उक्त लक्ष्यमध्ये छ महिनाको अवधिमा ४३ दशमलव ८९ प्रतिशत ऋण प्राप्त गरिसकेको छ।

सरकारले लिएको ऋणमध्ये चालू आवमा आन्तरिकतर्फ १ खर्ब ८१ अर्ब ५ करोड ४२ लाख रुपियाँ अर्थात् लक्ष्यको ५४ दशमलव ८६ प्रतिशत र बाह्यतर्फ ५९ अर्ब ३ करोड ३० लाख रुपियाँ अर्थात् लक्ष्यको २७ दशमलव २० प्रतिशत रहेको छ। हाल सरकारको आन्तरिक ऋण १२ खर्ब ३४ अर्ब ७१ करोड ४१ लाख र बाह्य ऋण १३ खर्ब १ अर्ब ४१ करोड ७३ लाख रुपियाँ रहेको छ। बाह्य ऋणमा यस वर्ष सरकारलाई ११ अर्ब ६१ करोड ५२ लाख रुपियाँ विनिमय नोक्सानीसमेत भएको छ।

चालू आर्थिक वर्षमा सरकारले आन्तरिक ऋणको १ खर्ब २७ अर्ब २४ करोड १९ लाख रुपियाँ साँवा र २७ अर्ब ९५ करोड २९ लाख ब्याज भुक्तानी गरेको छ। त्यस्तै बाह्य ऋणको साँवा २२ अर्ब ४२ करोड ८९ लाख रुपियाँ र ब्याज ४ अर्ब ७७ करोड ८२ लाख रुपियाँ भुक्तानी गरेको छ।

यस वर्ष सरकारले अझै २ खर्ब २० अर्ब ४५ करोड ७ लाख रुपियाँ साँवा तथा ब्याज भुक्तानी गर्नुपर्ने भाका छ । जसमध्ये आन्तरिकतर्फ १ खर्ब ८१ अर्ब ७५ करोड ९५ लाख बाह्यतर्फ ३१ अर्ब ५१ करोड ७७ लाख रुपियाँ तिर्नुपर्ने रहेको छ । वि.सं. २०७८ सालको जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लख ६४ हजार ५७८ जना रहेको छ। सो आधारमा प्रतिव्यक्ति ऋणको भार करिब ८६ हजार ९६० रुपियाँ पर्न जान्छ।

पछिल्लो एक दशकमा नेपालको सार्वजनिक ऋण द्रुत गतिमा वृद्धि हुँदै झन्डै अहिले २० खर्बले वृद्धि भएको छ। भूकम्प, नाकाबन्दी तथा कोरोना महामारीलगायतले राजस्व संकलनमा प्रभावित हुनुका साथै सरकारको दायित्व बढेकाले ऋण पनि वृद्धि हुँदै गएको विज्ञहरू बताउँछन् । आव २०७१/७२ मा ५ खर्ब ४० अर्ब रुपियाँ रहेको सार्वजनिक ऋण आव २०७२/७३ मा ६ खर्ब १५ अर्ब पुगेको थियो ।

त्यस्तै, आव २०७३/७४ मा ६ खर्ब ९७ अर्ब, आव २०७४/७५ मा ९ खर्ब १९ अर्ब, आव २०७५/७६ मा १० खर्ब ४८ अर्ब, आव २०७६/७७ मा १४ खर्ब ३३ अर्ब, आव २०७७/७८ मा १७ खर्ब ३७ अर्ब, आव २०७८/७९ मा २० खर्ब १० अर्ब, आव २०७९/८० मा २२ खर्ब ९५ अर्ब र आव २०८०/८१ म २४ खर्ब ३४ अर्ब रुपियाँ सार्वजनिक ऋण रहेको तथ्यांक छ।

सार्वजनिक ऋणमा भएको वृद्धिको अनुपातमा पुँजीगत खर्चमा भने सुधार हुन सकेको छैन । छ महिनाको अवधिमा पुँजीगत खर्च ५६ अर्ब ९३ करोड ५० लाख रुपियाँ अर्थात् लक्ष्यको १६ दशमलव १६ प्रतिशत भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब