राजर्षिको आपूरो पाठ्यक्रम ! मनलाग्दी सम्बन्धन बाँड्दा विद्यार्थीको भविष्य नै जोखिम

  • माघ १८, २०८१ | ३८४ पटक पढिएको | सीमा संदेश
alt

राजर्षि जनक विश्वविद्यालयअन्तर्गत रहेका कानुन संकायका १५ वटा कलेजमा सर्वोच्च अदालतले पठनपाठन रोक्न आदेश दिए पनि मनलाग्दी रुपमा सम्बन्धन वितरणमै व्यस्त देखिएको छ ।

अदालतको आदेशलाई बेवास्ता गर्दै सम्बन्धन प्राप्त कलेजहरूले आफ्नो गतिविधि बढाउन छाडेका छन् । विद्यार्थीले जनाए अनुसार ’वीरगञ्ज स्कुल अफ ल’ले पठनपाठन रोकेको छैन । यससँगै अन्य कलेजमा पनि कानुन संकायले भर्ना लिएर गतिविधि अघि बढाएको विद्यार्थी बताउँछन् ।

विश्वविद्यालय र कलेजले आफूखुसी कक्षा सञ्चालन गर्दा विद्यार्थीको भविष्य नै अन्धकार हुने भन्दै सरोकारवालाहरु चिन्तित छन् । अदालतले राजर्षि जनक विश्वविद्यालयले अनधिकृत रूपमा बीएएलएलबी कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिएका १५ वटा कलेजलाई भर्ना तथा कक्षा सञ्चालनमा रोक लगाउन भनेको छ ।

कानुनका विद्यार्थीहरूले दायर गरेको रिटमा सुनुवाइ गर्दै अदालतले ती कलेजहरूलाई आवश्यक मापदण्ड पूरा नगरेको हुन सक्ने बताउँदै भर्ना र पठनपाठन तत्काल नगर्न अन्तरिम आदेश जारी गरेको थियो । वीरगञ्ज स्कुल अफ ल का संस्थापक अध्यक्ष चन्द्रिकाप्रसाद पटेलले विश्वविद्यालयलाई दिएको आदेश आफूलाई लागू नहुने जिकिर गरिन् । पटेलले भने, ‘गएको १६ पुसमा अदालतले दिएको आदेश विश्वविद्यालयको हकमा हो । मैले (कलेज) मान्ने आदेश १३ कात्तिकको हो, जसमा बारले अनुमति दिएपछि पढाउनू भनेको छ । सोहीअनुसार हामीले पठनपाठन गराइरहेका हौँ ।’ तर, कानुन व्यवसायी ले कलेजले आफूखुसी व्याख्या गरेर पढाइरहेको बताउँछन् ।

रिट निवेदक सुजल पोखरेलले भने, ‘१६ पुसको आदेशले स्पष्टसँग अन्तरिम आदेश कायम राखेर बारका अधिकारीलाई बोलाएको छ । त्यो भनेको अन्तिम आदेश नआउञ्जेल पठनपाठन रोक्नू भनेर दिएको पछिल्लो आदेशकै निरन्तरता हो ।’ अधिवक्ता मुरारी सापकोटाले भने, ‘ आफूखुसी व्याख्या गर्नेलाई त के भन्न सकिन्छ र ? तर, १६ पुसको आदेशले पठनपाठन, भर्नालगायतका गतिविधि गराउन तत्कालका लागि रोक लगाएको छ ।

यसरी आदेशविपरीत जाँदा अदालतको अपहेलना त हुन्छ नै, पछि विद्यार्थीको भविष्यमा पनि अप्ठ्यारो पार्न सक्छ ।’ राजर्षि जनक विश्वविद्यालयले आफ्ना गतिविधि अघि बढाउँदा आवश्यक कानुनी प्रक्रिया पूरा नगरेको अधिवक्ताहरु बताउँछन् । गत १३ भदाँैमा विश्वविद्यालयले कुल ६० वटा कलेजलाई सम्बन्धन दिएको छ । जसमध्ये १५ वटा कानुन विषय (बीएलएलबी) पढाउने कलेज छन् । नेपाल कानुन व्यवसायी परिषद् (कानुन शिक्षा) नियमावली २०७७ का अनुसार कानुनी शिक्षा सञ्चालन गर्न नेपाल कानुन व्यवसायी परिषद्को स्वीकृति चाहिन्छ ।

नियमावलीको नियम १७ अनुसार, परिषद्बाट स्वीकृतिबिना कुनै शैक्षिक संस्थाले कानुन शिक्षा सञ्चालन गर्न पाउँदैन । नियम १७ कै उपनियम ३ र ४ मा शैक्षिक संस्थाहरूले कानुनी शिक्षा सञ्चालनका लागि परिषद्मा निवेदन दिनुपर्ने र परिषद्ले तीन महिनाभित्र निरीक्षण गरी स्वीकृति दिने भनिएको छ । तर, सो विश्वविद्यालयले अध्यापनको अनुमति दिएका कलेजमा यी कुनै पनि कुरा पालना नगरेको ती अधिवक्ताहरुको भनाइ छ

राजर्षिले नियमविपरीत कलेजहरूलाई सम्बन्धन दिएको विषयमा उजुरी परेपछि नेपाल कानुन व्यवसायी परिषद्ले स्थलगत अनुगमन पनि गरेको थियो । परिषद्ले अनुगमन गरी प्रतिवेदन पेस गर्न कानुनी शिक्षा समितिलाई जिम्मेवारी दिएको थियो । जसले विश्वविद्यालयसहित अन्य सबै कलेजका पाठ्यक्रम अपूरो रहेको निष्कर्ष सो प्रतिवेदनमा निकालेको थियो ।

नेपाल कानुन व्यवसायी परिषद् (कानुनी शिक्षा) नियमावली, ३ – २०७७ को अनुसूची १ अनुसार कानुन (बीएएलएलबी) अध्यापन गराउने मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिता, प्रमाण कानुनजस्ता विषय पनि आवश्यक पर्छ । तर, राजर्षिले अध्ययन अनुमति दिएका कुनै कलेजमा यसलाई समावेश गरेको नदेखिएको समितिको निष्कर्ष रहेको छ । यसलाई समयक्रममा (एक वर्षभित्र) परिमार्जन गर्ने सम्झौता गराएर परिषद्ले छवटा कलेजलाई भने अध्ययन अध्यापनको अस्थायी अनुमति दियो ।

सम्बन्ध पाएका बाँकी ९ कलेजमा भने आवश्यक अन्य मापदण्ड पनि पालना नभएकाले तत्काल सो विषयलाई अध्यय/छलफलकै क्रममा रहेको जनाइएको छ । अनुमति पाउनेमा हेराल्ड एजुकेसन नेटवर्क, मेगा ल कलेज, क्वीन्स कलेज अफ ल एन्ड म्यानेजमेन्ट, वीरगञ्ज स्कुल अफ ल, माउन्ट भ्यु इन्स्टिच्युट अफ ल एन्ट म्यानेजमेन्ट र सान कलेज रहेका छन् । सो विश्वविद्यालयले बाँडेको सम्बन्धन नै विवादितसमेत देखिएको छ । सम्बन्धनका लागि आएको आवेदन र त्यसको अनुगमनलाई चाहिने आवश्यक समयसीमा नै अस्वाभाविक देखिएको भन्दै यसको आलोचना हुने गरेको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब