विवाहको उमेर २० वर्ष नै कायम राख्न माँग गर्दै मिर्चैयाका किशोर किशोरीले बुझाए मेयर मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  • माघ २६, २०८१ | ५१८ पटक पढिएको | सीमा संदेश
alt

विवाहको उमेर २० वर्ष नै कायम राख्न माँग गर्दै मिर्चैयाका किशोर किशोरी समूहहरुले नगरपालिका मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ। दलित विकास मञ्च सिरहाद्वारा मिर्चैया नगरपालिका १ र १० मा गठित किशोर किशोरी समूह तथा बालक्लवहरुले प्रतिनिधीसभाको कानुन, न्याय तथा मानवअधिकार समिति अन्तर्गत गठिन उपसमितिले विवाहको उमेर १८ वर्षमा झर्ने भनी दिएको सुभाव प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै नगर प्रमुख श्रवण कुमार यादवमार्फत प्रधानमन्त्रीलाई ध्यानकर्षण पत्र बुझाएको हो।

उनीहरुले बुझाएको ज्ञापन पत्रमा विवाहको उमेर घटाउने विषय कानुन सम्मत मात्र हैन बालबालिको मानसिक, शारीरिक स्वास्थ्य सम्मत नरहेको उल्लेख गरेको छ।

‘मुलुकी देवानी संहिता २०७४ को दफा ७० उपदफा १ (घ) अनुसार विवाहको उमेर २० वर्ष पुराभएका भनि व्यवस्था रहेको छ। विभिन्न वैत्रानिक अध्यन, अनुसन्धान तथा तथ्यका आधारमा कानुनी रुपमै विवाहको उमेर २० वर्ष तय गरिएकोमा कानुन बनाउने तहबाटै नै एकाएक विवाहको उमेर २० वषैबाट १८ वर्षमा झार्ने विषय अगाडी बढाउनु दुःखद रहेको छ।’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ।  

ज्ञापनपत्रमा ‘नेपालको संविधान र राष्ट्रिय बालबालिका निती २०८०, बालबालिका सम्वन्धि ऐन, २०७५, मुलुकी अपराध अंहिता २०७४ तथा बालबालिा सम्वन्धि नियमावली २०७८, स्थानीय सरकार संचालन ऐन २०७४, बालविवाह विरुद्धको रणनीति २०७२ लगायत अन्य कानुन पनि बालविवाह अन्त्यका लागि कार्यान्वयनमा रहेका छन्। नेपालको संविधानीक इतिहासमा २०७२ सालमा जारी भएको नेपालको संविधानले बालविवाहलाई पहिलो पटक बाल अधिकार हनन् विषयको रुपमा उल्लेखगरी दण्डनिय अपराधको रुपमा स्विकार गरेको छ।’ उल्लेख गरिएको छ। 

सानो उमेरमा विवाह हुँदा घरायसी जिम्मेवारीको बोझ झेल्न नसक्नु, शिक्षा पुरा गर्न नसक्ने, सानैमा बच्चा जन्माउँदा स्वास्थ्यमा विभिन्न समस्या आउने र घरेलु हिंसाको शिकार हुनुपर्ने भएको भन्दै विहेवारीको उमेर २० बर्ष पारी नै हुनुपर्ने माँग ज्ञापनपत्रमा उल्लेख गरेको छ। 

प्रगतिशिल किशोर किशोरी समुह, सृजनशिल किशोर किशोरी समूह, जनता बाल क्लव, सगरमाथा बाल क्लवका प्रतिनीधिहरुले नगरपालिकामा पुगेर मेयर यादवलाई ज्ञापनपत्र बुझाएका थिए। 

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब