फागुन ४ गते आइतबार, यस्ताे छ तपाईँकाे राशिफल

  • फागुन ४, २०८१ | २९१ पटक पढिएको | सीमा संदेश
alt

आज विक्रिम संवत २०८१ साल फाल्गुन ४ गते, आईतबार । ईश्वी सन् २०२५ फेव्रुवरी १६ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि–चतुर्थी, ४४ घडी ४७ पला, बेलुकी १२ बजेर ३७ मिनेट उप्रान्त पंचमी । नक्षत्र–हस्त, ५१ घडी २४ पला, रातको ३ बजेर १६ मिनेट उप्रान्त चित्रा । योग–धृती, २ घडी ० पला, बिहान ७ बजेर ३१ मिनेट उप्रान्त शूल । करण–बव, बिहान ११ बजेर ३७ मिनेट उप्रान्त बालव, रातको १२ बजेर ३७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–कन्या । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ४३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५४ मिनेट । दिनमान २८ घडी ० पला ।

आजको बार बेला 
बिहान ०६ बजेर ४३ मिनेटसम्म उद्धेग बेला ।
बिहान ६ बजेर ४४ मिनेटदेखि बिहान ८ बजेर ७ मिनेटसम्म चर बेला ।
बिहान ८ बजेर ८ मिनेटदेखि बिहान ९ बजेर ३१ मिनेटसम्म लाभ  बेला ।
बिहान ०९ बजेर ३२ मिनेटदेखि बिहान १० बजेर ५५ मिनेटसम्म अमृत बेला ।
बिहान १० बजेर ५६ मिनेटदेखि बिहान १२ बजेर १९ मिनेटसम्म काल  बेला ।
मध्यान्ह १२ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ४३ मिनेटसम्म शुभ बेला ।
दिउँसो १ बजेर ४४  मिनेटदेखि दिउँसो ३ बजेर ७ मिनेटसम्म रोग बेला ।
दिउँसो ४  बजेर ८ मिनेटदेखि बेलुकी ४ बजेर ३१ मिनेटसम्म उद्धेग बेला ।
बेलुकी ४ बजेर ३२ मिनेटदेखि बेलुकी ७ बजेर ३१ मिनेटसम्म शुभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बेलुकी ४ बजेर ३० मिनेटदेखि बेलुकी ५ बजेर ५४ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर ७ मिनेटदेखि बिहान ५ बजेर ५५ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) मामा तथा मावलीबाट तपाईंको काममा सहयोग हुनेछ भने परिवारका आवश्यकताहरु पुरा गर्न सकिनेछ । अदालत तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईं आफ्नै पक्षमा हुनेछन् । पढाइ लेखाइमा अरुभन्दा अग्र पंतिमा तपाईंको नाम आउने तथा विजयको योग रहेकोछ । व्यापार, शेयर बजार र उद्योगबाट नाफा कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।

बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) अध्ययन तथा अध्यापनमा समय राम्रो रहेकाले भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीको तुलनामा खर्च कम हुने हुनाले अन्य स्थानमा लगानी गर्न सकिनेछ । काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्थामा सुधार भएर जानेछ । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ । आफन्त तथा मन पर्ने मानिसबाट उपहार तथा विलाशी वस्तु प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोरा छोरीको प्रगती देख्न पाइनेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) राजनीति तथा समाजसेवमा समय दिनेहरुका लागि समय मध्ययम रहेकाले जनतासँग सन्तुलित व्यवहार गर्नुहोला, समर्थन नपाईन सक्छ । विद्यामा सफलता प्राप्त गर्न अलिक बढी नै मेहनेत गर्नु पर्नेछ । सवारी साधनको व्यापार व्यवसायमा बढी मेहनेत गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । र, पनि आमा तथा आफन्तबाट सकारात्मक सल्लाह तथा सुझाव पाइने हुनाले सुधारात्मक काम गर्न सहयोग हुनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) अर्थ उपार्जनका विभिन्न स्रोतहरु जुट्ने हुनाले पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । शेयर बजार तथा व्यापारबाट मनग्गे आम्दानी हुनेछ । परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईंले सुरु गर्नुभएको कामको दाजुभाई तथा छिमेकिबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेकोेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न रहनेछ । विवादित विषयहरुको नतिजा तपाईं आफ्नै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) पहिले गरेका कामबाट मनग्गे आम्दानी हुनेछ । समयमा स्रोत साधन तथा भौतिक सम्पत्ति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । विद्या तथा प्रतिस्पर्धीहरु हार खानेछन् । परिवारका साथ रमाइलो वातावरण तथा हाँसखेलमा समय बित्नेछ । पढाइ लेखाइमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकनेछ । व्यापार, शेयरबजार तथा उद्योगबाट लाभ लिन सकिनेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । मेहनेत गर्दा आटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरिको योग रहेकोछ । राजनीतिमा पद प्राप्तिको योग रहेकोछ । अध्ययनमा सुधार भएर जानेछ भने अरुलाई पछाडि छोडेर अग्रपंतिमा आउन सकिनेछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) सामान्य स्वास्थ्य सम्बन्धी समस्याबाट दिन गुज्रिनेछ भने काम गर्ने जोस जागरमा कमी आउनेछ । अरुको भरपर्दा काम नबन्ने तथा चिताएको काममा बिलम्ब हुनेछ । समयले गलत मार्गमा डोर्‍याउनाले व्यवहार बिग्रनेछ भने गलत संगतबाट सजक रहनुहोला । अग्रज तथा आफन्तबाट भनेजस्तो सहयोग नपाइनाले हर क्षेत्र डामाडोल हुनेछ । र, पनि काम वा अध्ययनको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरु लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दाअघि बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरु बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ । सरकारी धन तथा पैत्रिक धन सम्पत्ति हात लागी हुने सम्भावना रहेको छ । व्यापार, उद्योग तथा शेयरबजारबाट  आम्दानी बढाउन सकिनेछ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रशस्त आम्दानी हुनाले आर्थिक स्थिति सुदृड हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैत्रिक सम्पत्ति तथा सरकारी सम्पत्तिको प्रयोग गर्न पाइने हुँदा मन प्रशन्न हुनेछ । बैंक तथा वित्तीय क्षेत्रमा लगानी गरि आम्दानी बढाउन सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) नोकरिमा पदोन्नती हुनेछ भने सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेकोछ । आध्यात्मिक तथा धार्मिक क्षेत्रमा समय खर्चनु पर्दा मन प्रशन्न रहनेछ । खोज मुलक क्षेत्रमा सफलता हात पार्न सकिनेछ भने राज्यबाट सम्मानित हुने ग्रहयोग रहेकोछ । प्रेमका बाटाहरु फराकिला हुनेछन् भने जीवन साथिको पनि सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ । लगानी गरेको क्षेत्रबाट नाफा कमाउन सकिनेछ ।
 
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) कष्ट भावमा गोचर गर्ने चन्द्रमाले भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग तथा परिचालन गर्दा ख्याल गर्नुहोला । माया प्रेम गर्ने जोडीहरुले आजको दिन नजिक नहुँदै राम्रो रहनेछ । आर्थिक पाटाहरु कमजोर रहनेछन् भने व्यापार व्यवसायमा आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । दिदिबहिनीहरुसँग मनमुटाब बढ्नेछ भने आफन्त तथा साथीभाइहरु तपाईंदेखि टाडिन सक्छन् ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ–नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । व्यापार, उद्योग तथा शेयरबजारबाट नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुशी भएको महशुस गर्नेछन् । राज्यपक्षबाट पद पाइने ग्रहयोग रहेकोछ भने समाजको पक्षमा काम गर्न सक्दा ईज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ ।  

तपाईंको दिन शुभ रहोस्,
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी 

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

मान्छेहरु भन्थे, ‘हिरोइन बन्न सक्दिनौ’,

टेलिभिजनको दुनियाँदेखि बलिउडसम्म आफ्नो दमदार अभिनय र क् ...

दसैंमा मासु: कति खानु ठीक, कति खाए ज्यानलाई जोखिम

नेपाली समाजमा दसैं भन्नेबित्तिकै पारिवारिक पुनर्मिलन र ...

एमालेले साथ छाड्दा मधेस सरकार संकटमा, नयाँ गठबन्धन

सत्ता साझेदार नेकपा एमालेले समर्थन फिर्ता लिएपछि कांग्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब