मनपरी बजेट निर्धारण तथा अधिकार कटौती गरेको भन्दै अध्यक्षविरुद्ध उपाध्यक्ष आन्दोलित

  • फागुन ५, २०८१ | ५३३ पटक पढिएको | सीमा संदेश
alt

सप्तरीको बलान विहुल गाउँपालिकाका अध्यक्षले मनपरी ढंगले बजेट निर्धारण तथा आफूहरुको अधिकार कटौती गर्ने मनसायले विषेश गाउँसभा सम्पन्न गरेको दाबीका साथ गाउँपालिकाकी उपाध्यक्ष रेणु यादव तथा ४ जना वडाअध्यक्ष विरोधमा उत्रिएका छन् ।

उनीहरुले गत फागुन २ गते अध्यक्ष खेमचन्द्र यादवद्वारा सम्पन्न गरिएको विषेश गाउँसभा आफूहरुको अधिकार कटौती तथा मनपरी ढंगले बजेट निर्धारण गर्ने उदेश्यले गरिएको भन्दै उक्त विशेष गाउँसभा बदर गरि पुनः अर्काे गाउँसभा गर्नूृ पर्ने मागसमेत गरेका छन् । यस विषयमा उपाध्यक्ष रेणु तथा ४ जना वडाध्यक्षले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी पछिल्लो विषेश गाउँसभा बाट गरिएका निर्णयहरु न सच्याए अध्यक्ष विरुद्ध आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।

एउटै दल जनमत पार्टीबाट स्थानीय तहको चुनाव जितेका अध्यक्ष खेमचन्द्र यादव र उपाध्यक्ष रेणु यादवबीचको विवादले गाउँपालिकाको कामकाज प्रभावित हुने निश्चित देखिएको छ । कुल ६ वटा वडा रहेको पालिकामा अहिले अध्यक्ष खेमचन्द्रको काम गर्नें शैली प्रति विमति जनाउँदै उपाध्यक्ष रेणुका साथै वडा नम्बर १ का वडाध्यक्ष राम कुमार यादव (जनमत पार्टी), वडा नं २ का वडाध्यक्ष इन्द्र देव यादव (काँग्रेस), वडा नं ४ का वडाअध्यक्ष लक्ष्मी नारायण झा (काँग्रेस) र वडा नं ६ का वडाध्यक्ष सूर्यकुमार दास (एमाले) एकै ठाउँमा उभिएका छन् ।

सो पत्रकार सम्मेलनमा उनीहरुले उपाध्यक्ष र वडाध्यक्षहरुको अधिकार सुनिश्चित हुनु पर्ने, पछिल्लो फागुन २ गते एकलौटी ढंगले गरिएको विशेष गाउँसभा बदर गरी गत असार महिनामा भएको गाउँसभाको निर्णय कार्यान्वयन हुनु पर्ने, वडा नं.३ को कार्यालयबाट विभिन्न समयमा भएको समाजिक सु्रक्षा भत्ता वितरणका क्रममा देखिएको त्रुटि र अनियमितताको छनवीन हुनूृ पर्ने, विभिन्न शिर्षकमा मनपरी ढंगले गरिएको बजेट विनियोजन खारेज हुनु पर्ने लगायतका प्रमुख माँगहरु प्राथमिकताका साथ उठाएका छन् । उनीहरु विशेष गाउँसभामा बहुमत न पुगेपछि अध्यक्ष यादव घर/घर पुगी माइन्यूटमा कार्यपालिका सदस्यहरुको हस्ताक्षर गराएको जानकारी दिँदै कार्यापालिकाका बहुमत सदस्य अहिले पनि आफुहरु संग रहेको दाबी समेत गरेका छन् ।

उनीहरुले न्यायिक समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, राजश्व परार्मश समिति र अनुगमन समितिका संयोजक तथा गाउँसभामा निति तथा कार्यक्रम प्रस्तुत गर्ने प्रमुख अधिकारीको रुपमा स्थानीय सरकार संचालन ऐनले नै उपाध्यक्षलाई संवैधानिक अधिकार प्रदान गरेको भन्दै उनको अनुपस्थितीमा एकलौटी ढंगले गरिएको विषेश गाउँसभाको निर्णयहरु कानुनी रुपमा पनि अवैध भएको जिकिर गरेका छन् । ६ मध्ये ४ वटा वडाका वडाअध्यक्षले असहमती जनाई सकेको अवस्थामा गरिएको विषेश गाउँसभा आफुहरुलाई कुनै पनि हाल्तमा स्विर्काय नभएको उनीहरुको भनाइ छ ।

यता गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले उनीहरुको असहयोगका कारण जनताको काम र सेवा प्रभावित हुन थालेपछि आफुले ऐन कानुन बमोजिम नै गाउसभा सम्पन्न गरेको दाबी गरेका छन् । उनले कार्यपालिकाका बहुमत सदस्यको नाममा आफुलाई बाधा पु¥याउन खोजेपछि स्थानीय सरकार संचालन ऐनको परिछेद ४ को १९ नं. बुंदामा व्यवस्था भए बमोजिम गाउँसभाको एक तिहाइ सदस्यको लिखीत अनुरोधमा विधी प्रक्रिया मै टेकेर विषेश गाउँसभा सम्मपन्न गरेको जिकिर गरे ।

उपाध्यक्ष र केही वडाध्यक्ष मिलेर बहुमतको आडमा काम गर्न नदिने गरी घेराबन्दीमा पार्न खोजिएको भएपनि आफुले समेत कानुन कै आधारबाट घेराबन्दी तोडी निस्केर जनताका लागि काम गर्न सफल भएको उनले प्रतिक्रिया दिए । अघिल्लो दिन मात्र कार्यसम्पादनमा जिल्लामै प्रथम हुन सफल भएको सो पालिका पछिल्लो विवादका कारण साख जोगाउन मिलेर काम गर्नुपर्ने स्थानीयको भनाइ छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब