सीएम सिंहको ‘नायक रोल’ एम्बुलेन्स ड्राइभरदेखि क्रसर उद्योगमा छापा, होटेलमा ‘सेटिंग’

  • फागुन ६, २०८१ | ६१६ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशको राजधानी जनकपुरधाममा रहेका अवैध नर्सिंग होम र क्रसरमा छापामारी गर्ने अभियान चलाएका मुख्यमन्त्री सतीशकुमार सिंहका सहयोगीहरुले होटेलमा ‘सेटिंग’को धन्धा चलाएको आरोप लागेको छ ।

प्रदेशको राजधानी जनकपुरधाममा दर्जनौँ निजी अस्पताल (नर्सिंग होम) अवैध रुपमा सञ्चालनमा रहेका छन् । मुख्यमन्त्री सिंहले छापामारी गर्न थालेपछि घोषित रुपमा ४ वटा अस्पताल बन्द भएका छन् । बन्द भएको अस्पतालमा पनि स्वास्थ्य सम्बन्धी कार्यहरु भित्रबाट भई नै रहेको मुख्यमन्त्री सिंहको एक्सनले देखिएको छ ।

मुख्यमन्त्री सिंहले आइतबार राति एम्बुलेन्स चालक भएर एउटा अस्पतालका गार्डलाई फोन गरी अस्पताल सञ्चालनको विषयमा जानकारी मागेका थिए । मुख्यमन्त्री सिंहले आफूलाई एम्बुलेन्सको चालक बताउँदै ‘मालदार’ बिरामी लिएर आएकाले भर्ना गरिदिन आग्रह गरेका थिए । तर गार्डले अस्पताल बन्द रहेको जानकारी गराउँदै भर्ना गर्न अस्वीकार गरेका थिए । सो संवादलाई मुख्यमन्त्री सिंहले अत्यन्त प्राथमिकताका साथ विभिन्न माध्यमबाट सार्वजनिक गरे । मुख्यमन्त्री सिंहले गार्डसित गरेको संवाद र गार्डको बौद्धिक, पदीय हैसियतसमेतबारे अनेक प्रतिकृयाहरु सार्वजनिक भएका छन् ।

पछिल्लो दुई हप्तामा मुख्यमन्त्री सिंहले क्रसर र निजी अस्पतालमा छापामारी गरेका छन् । अवैध रुपमा सञ्चालित क्रसरहरुलाई बन्द गराउन मुख्यमन्त्री सिंहले गरेको रात्रि कारबाहीको प्रारम्भमा व्यापक प्रशंसा गरिएको थियो । तर मुख्यमन्त्री सिंहले राजमार्गमा टिपर रोक्ने प्रयास गरिरहँदा जनकपुरधामको महाबीर चोक स्थित एउटा होटेलमा मध्यराति ‘सेटिंग’ भइरहेको आरोप लागेको छ । त्यसपछि क्रसरको कारबाहीलाई विराम दिएर मुख्यमन्त्री अवैध अस्पतालविरुद्ध कारवाही चलाए ।

जनकपुरधाममा मापदण्ड पूरा गरी सञ्चालनमा रहेका निजी अस्पतालको संख्या औँलामा गणना गर्न सकिने भए पनि बन्द ४ वटा मात्र भएका छन् । अस्पताल रोडमा कयौं लैव, पोलिक्लिनिक, नर्सिंग होम मापदण्ड पूरा नगरी बिना इजाजत सञ्चालनमा छन् । अदालतबाट दोषी ठहर भइ कारबाहीमा परेका चिकित्सकहरुले समेत निजी अस्पतालमा प्राक्टिस गरिरहेका छन् । तर मुख्यमन्त्री सिंहले कारबाही गरी बन्द गराएका अस्पतालमा कहिले पदीय हैसियतले त कहिले एम्बुलेन्स चालक भएर गार्डसित संवाद गरी तर्साउने काम गरिरहेको इजाजत प्राप्त अस्पतालका सञ्चालकहरु बताउँछन् ।

इजाजतका लागि मापदण्ड पूरा नगरेका सबै अस्पताल अवैध भएकाले प्रदेश सरकारले कारबाही गर्नुपर्नेमा उनीहरुले जोड दिएका छन् । अवैध अस्पतालहरुले ब्रम्हलुट मच्चाएको र अवैध गतिविधि समेत गरिरहेको आरोप लाग्दै आएको छ । मुख्यमन्त्री सिंहले अवैध क्रसर, नर्सिंग होममाथि गरेको कारबाहीले निरन्तरता नपाएको आरोप लाग्न थालेको छ ।

नदीमा हुने अवैध उत्खनन रोक्न नदीमै पुगेका मुख्यमन्त्री सिंहको अभियान भने हाल सेलाएको आरोप लाग्न थालेको छ । नदीजन्य पदार्थको अवैध उत्खनन जारी नै रहेको देखिन्छ । अवैध उत्खननमाथि रोक लगाइए निर्माण काम तत्काल प्रभावित हुने भए पनि ‘सेंटिंग’कारण अवैध उत्खनन जारी रहेको बताइएको छ ।

प्रदेशमा विकास निर्माणको कार्य प्रभावकारी ढंगले अगाडि नबढेको आलोचना खेप्दै आएका मुख्यमन्त्री सिंहले भारतीय चलचित्र‘नायक’को चर्चा बटुल्ने प्रयत्न गरेर अवैध असुलीमा लागेको विपक्षी दलका नेताहरुले आरोप लगाएका छन् । मुख्यमन्त्री सिंहले कानुनी प्रकृया पूरा नगरी सस्तो लोकप्रियताका लागि निरीक्षण गर्ने काम गरेको जनता समाजवादी पार्टी(जसपा)नेपालका मधेश प्रदेश प्रमुख सचेतक रामअशिष यादवले आरोप लगाएका छन् । ‘मधेश प्रदेशको गौरवको योजना रहेको मधेश कृषि विश्वविद्यालयलाई नै धराशायी बनाएर मुख्यमन्त्री सिंहले क्रसर र अस्पतालको छानबिनमा लागेका छन्’ उनले भने, बहुत चाँडै मुख्यमन्त्रीको निरीक्षणको उद्देश्य सर्वसाधारणले बुझ्ने छन् ।

कृषि विश्वविद्यालयमा कार्यरत्त प्राध्यापक, कर्मचारी, भीसी, रजिष्ट्रारहरुले ७ महिनादेखि तलब नपाएपछि तालाबन्दी गरिएको छ । विद्यार्थीहरुको पठनपाठन पूर्ण रुपमा ठप्प भएको र नयाँ शैक्षिक सत्रका लागि भर्ना समेत रोकिएको उनले बताए । संघीय संसदमा सरकारले दर्ता गरेको अध्यादेश प्रकरणमा मधेश प्रदेश सरकारको नेतृत्व गर्ने जनमत पार्टी हट्ने चर्चा शुरु भएदेखि मुख्यमन्त्री सिंहले ‘निरीक्षण र सेंटिंग’मा लागेको आरोप छ । जनकपुर टुडे

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब