नेपाली विद्यार्थीको सुरक्षार्थ सम्पूर्ण कदम चाल्न तयार छौँ : प्रवक्ता जयसवाल

  • फागुन ९, २०८१ | ६२४ पटक पढिएको | सीमा संदेश
alt

भारतले ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा भएको नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युप्रति दु्ःख व्यक्त गरेको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकार सम्मेलनमा भुवनेश्वरको केआईआइटी विश्वविद्यालमा भएको नेपाली छात्राको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।

“भारतमा रहेका सबै नेपाली विद्यार्थीको सुरक्षा र हितको लागि आवश्यक सम्पूर्ण कदम चाल्न भारत सरकार तयार छ,” उनले भने ।
भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षा र हितलाई उच्च प्राथमिकता दिने उनले जनाए ।

नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु सम्बन्धमा विदेश मन्त्रालय उडिसा सरकार, केआईआईटी अधिकारी र नेपाली अधिकारीसँग निरन्तर सम्पर्कमा रहेको उनले बताए ।

“आरोपितलाई पक्राउ गरिएको छ । अनुसन्धान अघि बढेको छ । छानविनको लागि ओडिसा सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । नेपाल विद्यार्थीलाई फर्कन अनुरोध गरिसकिएको छ,” विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भने ।

यही फेब्रुअरी १६ का दिन केआईआईटी विश्वविद्यालयको गल्स होस्टेलमा नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

नेपाली छात्रा मृत अवस्थामा भेटिएपछि त्यहाँ अध्ययनरत अन्य नेपाली विद्यार्थीले निष्पक्ष र स्वतन्त्र छानबिनको माग गर्दै आन्दोलन गरेका थिए । त्यसपछि केआईआईटी प्रशासनले नेपाली विद्यार्थीलाई तत्काल होस्टल खाली गर्न र स्वदेश फर्कन भनेको थियो ।

फेब्रुअरी १७ का दिन केआईआईटी प्रशासनले त्यहाँ अध्ययनरत ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई जर्बजस्ती बसमा चढाई रेल स्टेसमा लगि छोडिदिएको थियो । त्यसपछि लम्साको मृत्यु र केआईकेआईटी प्रशासनले गरेको अमानवीय कार्यको नेपाल र भारत दुवै देशमा व्यापक विरोध भएको थियो ।

दबाब थेग्न नसकेपछि फेब्रुअरी १७ का दिन नै केआईआइटी प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीलाई फर्कन आह्वान गरेको थियो ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब