नेपालबाट भारततर्फ गइरहेका सयौँ बालबालिकाको उद्धार

  • फागुन १२, २०८१ | ४०८ पटक पढिएको | सीमा संदेश
alt

मानव बेचबिखन नियन्त्रणको क्षेत्रमा क्रियाशील रहेको माइती नेपाल धनुषाले नेपालबाट भारत तर्फ जाँदै गर्दा १ सय २ जना बालबालिकालाई उद्धार गरिएको जनाएको छ ।

जनकपुरधाममा आइतबार एक कार्यक्रममा एक वर्षको अवधिमा नेपाल रेल्वे तथा बसबाट धनुषा र महोत्तरीको सीमानाका भएर भारत तर्फ गइरहेको अवस्थामा संस्थाका अनुगमन टोलीले प्रहरीको सहयोगमा उद्धार गरेको संस्थाले जनाएको छ । उद्धार गरिएका मध्ये १८ वर्ष मुनिका ५३ जना तथा १८ वर्ष माथिका ४९ जना रहेको माईती नेपाल धनुषाका कार्यक्रम संयोजक पुरुषोत्तम यादवले जानकारी दिए । त्यस्तै १ सय जनालाई सुरक्षा आवास प्रदान गरेको जनाएको छ ।

सुरक्षा आवास पाउनेहरूमा ४६ जना १८ वर्ष मुनिका र ५४ जना १८ वर्ष माथिको बालबालिका रहेका छन् । यसका साथै एक वर्षको अवधिमा १ सय ७२ जनालाई मनोपरामर्श सेवा दिइएको छ । माईती नेपालले १ वर्षको अवधिमा नेपालबाट सीमानाका तर्फ जाने ८ हजार ३ सय ८२ बसको चेक जाँच गर्नुका साथै ५ हजार १ सय ९२ मानव बेचबिखन सम्बन्धि जनचेतनामूलक सूचना दिइएको जनाएको छ ।

नेपालमा मानव बेचबिखन सम्बन्धमा कडा कानून रहेपनि विभिन्न प्रलोभनमा पारेर दलालहरूले मानव बेचबिखनको कामलाई निरन्तरता दिन छाडेको छैन । मानव किन्ने र बेच्ने कार्यमा संलग्न भएको पाइएको खण्डमा २० वर्ष सम्मको जेल सजायका साथै २ लाख जरिवानाको व्यवस्था रहेको छ । यसका साथै वेश्यावृत्ति गराउनेलाई १० देखि १५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था कानुनमा रहेको छ । मानव बेचबिखनमा परेकाहरूलाई उद्धार गरेर ल्याइएकाहरूलाई लक्षित गरेर माइती नेपालले विभिन्न सेवा तथा सुविधा प्रदान गर्दै आएको छ ।

संस्थाले २३ जिल्लामा काम गर्नुका साथै देश भरिमा १८ सुरक्षा आवास गृह, ३ वटा रोकथाम गृह, पुनस्र्थापना केन्द्र, स्नेह गृह, विद्यालय, वाल संरक्षण गृह, प्राथमिक उपचार केन्द्र देखि आय आर्जनसम्मको काम गर्दै आएको छ । नेपालमा वर्षेनी रुपमा ३५ हजारको संख्यामा मानव बेचबिखन हुने गरेको तथ्यांक रहेको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब