नीजि कम्पनीहरुका सेटिंगमा नेपाल टेलिकमको लहान शाखा प्रमुख पैसा कमाउ धन्धामा

  • फागुन १६, २०८१ | ५४१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १६ फागुन । नेपाल टेलिकम शाखा कार्यालय लहानले नीजि इन्टरनेट कम्पनीहरुसँगको सेटिंगमा गोलबजार क्षेत्रमा टेलिकमको नेटर्वक कमजोर बनाई पैसा कमाउने धन्धामा लगेको सेवाग्राहिहरुले आरोप लगाएका छन् । गोलबजार सुगम ठाउँ भएपनि बजार क्षेत्रमा पनि टेलिकमको नेटर्वक मोबाइलमा नटिपिने समस्याले ग्राहक हैरान भईरहेका छन् । जसका कारण नेपाल टेलिकमको नेटर्वकबाट कुराकानी गर्न तथा डाटा चलाउन सास्ती भोग्नु परिरहको सेवा ग्राहिहरुका भनाई रहेका छन्। 

गोलबजार क्षेत्रका सबै कुना कपचामा नीजि ईन्टरनेट कम्पनीहरुका फाइवर तारबाट सेवा विस्तार गरिएको छ । तर नेपाल टेलिकमले हाल सम्म बजार क्षेत्रका सेवाग्राहीसम्म पनि फाईवर सेवा पुर्याउन  सकेको छैन् । सेवा सुधार तथा इन्टरनेट सेवा विस्तारका लागि सेवाग्राहीहरुले टेलिकम शाखा गोलबजारलाई पटक–पटक अनुरोध गरेपनि हामीसँग स्रोत साधन नरहको र हाम्रा प्रमुख शाखा लहानसँग मागगर्दा उपलब्ध नगराएको कारण सेवा विस्तार गर्न नसकेको शाखा प्रमुख हरि प्रसाद शर्माले बताए । 

यस क्षेत्रका सेवाग्राहीहरुले पटक–पटक हामीलाई नेटर्वक कमजोर छ, सुधार गर्नु र इन्टनेट सेवा विस्तार गर्न भनेपनि हामीले लहान शाखालाई जानकारी गराई आवश्यक सामाग्री माग गरेपनि उपलब्ध नगरापछि हामी गाली खाएर कार्यालयमा बसी जागिर पाकाउने कार्य मात्र गरिरहको शाखा प्रमुख शर्माले आफ्ना दुःख पोखे ।

यता लहान शाख प्रमुख उग्र नारायण झासँग नेटर्वक कमजोरी सुधार तथा फाइवर नेट सेवा विस्तार सम्बन्धी समस्या बारे गुनासो गर्दा यसै हप्तामै हुन्छ भन्दा भन्दै वर्षौ वितिसकेपनि कुनै कार्य नभएको सेवाग्राहीहरुका भनाई छन् । नेटर्वक विस्तार नग्र्नुका कारण नीजि नेटर्वक कम्पनीहरुका सेटिंगमा पैसा कमाईरहको यस क्षेत्रका सेवाग्राहीहरुका आरोप रहेका छन् ।

यस विषयमा नेपाल टेलिकम केन्द्रिय शाखाले छानभिन गरी सेवा सुधार नगरे र इन्टरनेट सेवा विस्तार नगरे नेपाल टेलिकमको सिमकार्ड बहिसकार गरी लहान शाखमा तालाबन्दी गरी अन्दोलन गर्न सेवाग्राहीहरुका तयारी भइरहको सुनिल महतोले बताए र्। 

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब