ब्रम्हलुट मच्चाउने पूर्वाधार विकास कार्यालय महोत्तरीमा तालाबन्दी गर्न ज्ञापन

  • फागुन २०, २०८१ | २९१ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकारले बिचौलियामार्फत योजना बिक्री गरिरहेको चौतर्फी आलोचना भइरहेको बेला पूर्वाधार विकास कार्यालय महोत्तरीमा वडा अध्यक्ष र पूर्व मेयरहरुले तालाबन्दी गर्ने चेतावनीसहितको ज्ञापन प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् ।

महोत्तरी जिल्लाका विभिन्न पालिकाका वडा अध्यक्ष र पूर्वमेयर/अध्यक्षहरुले सोमबार प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई बुझाएको ज्ञापन पत्रमा योजना बिक्री गर्ने कार्य तत्काल नरोकिए बुधबार पूर्वाधार कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । महोत्तरी जिल्लाको पूर्वाधार कार्यालयमार्फत ४ सय २१ योजना पठाइएको छ ।

त्यसमध्ये १ सय ५६ वटा योजनाको सम्झौता भइसकेको कार्यालय प्रमुख राजेशलाल कर्णले बताएका छन् । अन्य सबै पत्र पठाइसकिएको उनले बताए । २७ वटा टेण्डरबाट काम थालिएको बताउँदै कर्णले भने, राजनीतिक विषय भएकाले आफू मुछिएको मात्र हो । ‘मन्त्री र सांसदहरुको सिफारिसमा मन्त्रालयसितको समन्वयमा योजना वितरण गरिएको छ’ उनले भने, पालिका र वडा कार्यालयमार्फत नै आएको पत्र बमोजिम सम्झौता हुने गरेको छ ।

ज्ञापनपत्र बुझाउने वडा अध्यक्ष र पूर्व मेयर/अध्यक्षहरुले वडामा भेलागरि उपभोक्ता समिति गठन नगरि वडा अध्यक्षहरुमाथि अनावश्यक दबाब र प्रलोभन देखाउने गरिएको बताएका छन् । कतिपय योजना वडामा र कतिपय योजनाको पालिकाबाट सोझै सिफारिस लिने गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।

पूर्वाधार कार्यालयका प्रमुख कर्णले बिचौलियामार्फत अग्रिम रकम लिने गरेको आरोपसमेत लगाइएको छ । बीस प्रतिशत अग्रिम रकम दिनेहरुले मात्र योजना पाएको औरही नगरपालिकाका पूर्व मेयर समेत रहेका नेपाली कांग्रेसका नेता सुनिल रायले बताएका छन् । ‘एउटै चलानी नम्बरको कयौं पत्र वडा कार्यालयहरुमा पुगेका छन्’ उनले भने, एउटै योजनाका पत्र दुईजनाले ल्याएर उपभोक्ता समिति गठन गर्न दबाब दिने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा कार्यालय प्रमुख कर्णले आफूसित हस्ताक्षर कार्यादेशमा गराएर सचिवालयबाट वितरण गरिएको स्वीकारेको रायले दाबी गरे । तर कर्णले राजनीतिक विषय भएकाले यसमा आफ्नो कुनै स्वार्थ नभएको मात्र बताएको प्रष्ट गरेका छन् । सम्सी गाउँपालिका, औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, सोनमा गाउँपालिका र मनरासिसवा नगरपालिकाका गरी १७ जना वडा अध्यक्षहरुले संयुक्त रुपमा हस्ताक्षर गरेको ज्ञापन पत्र बुझाएपछि चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

ज्ञापन पत्र बुझेका प्रजिअ कवारीले कार्यार्थ पूर्वाधार कार्यालयलाई र बोधार्थ पूर्वाधार विकास मन्त्रालय मधेश प्रदेशलाई पत्र पठाएको छ । कार्यालय प्रमुख कर्णलाई पारदर्शी रुपमा नियमसम्मत मात्र काम गर्न निर्देशन समेत दिएका छन् । ‘मन्त्रीले भन्दैमा मैले भारतीय नागरिकलाई नागरिकता दिन मिल्छ’ ? प्रजिअ कवारीले कर्णलाई सोधे, गैरकानुनी काम गर्न मन्त्रीले भन्दैमा फस्ने आफै हो ।

सहभागी एकजना नेताले बताए । कर्णले सबै पत्र हस्ताक्षर गराएर सचिवालयमा लगिएको र त्यहाँबाट नै बितरणको कार्य भैरहेको बताउँदै आफू पञ्छिने प्रयास गरेपछि प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सचेत गराए । रातो किताबमा उल्लेख रहेको वडाको योजनाको अन्य वडामा उपभोक्ता समिति गठन गराएको आरोप वडाअध्यक्षहरुले लगाएका छन् ।

योजना बिक्रीमा डाक बढाबढ गराएर एउटै योजनाको पत्र दुई जनाले लिएर वडामा पुग्ने गरेको वडाअध्यक्षहरुको कथन छ । तर प्रमुख कर्णले रित पु¥याएर नै सबै योजनाको पत्र काटिएको बताए । दोहरो सिफारिस भएको अथवा एउटै दर्ता नम्बर दोहरिएको पत्र कार्यालयमा ल्याइए सच्चाइने उनले जनाए ।

भ्रष्टाचारको आरोप लाग्नेमा पहिलो वरियतामा पर्ने कर्णले सम्झौता गर्ने काम धमाधम भइरहेको बताउँदै स्टिमेट गर्ने कामपनि थालिएको बताए । मधेश प्रदेशको योजनाहरु बिक्री हुने कारण बढी बदनाम भएको जनाउँदै चालु आर्थिक वर्षमा उपभोक्ता समितिबाट काम नगराउने बजेट र नीति तथा कार्यक्रममा उल्लेख गरिएको थियो ।

नीति तथा कार्यक्रम र बजेटमा पारदर्शी ढंगले प्रतिष्पर्धाबाट विकास निर्माणको काम हुने प्रदेशसभाबाट पास भएकोमा सरकारले पुस महिनामा संकल्प प्रस्ताव पारितगरि त्यसलाई उल्टाएर उपभोक्ता मार्फत काम गराउने बाटो खुल्ला गरेको हो । मधेश प्रदेशमा विगतमा भएको योजना बेचबिखनको सबै रेकर्ड चालु आर्थिक वर्षमा नाघेको छ ।

केही मन्त्रीले जिल्लागत रुपमा नै दलाल परिचालन गरेका छन् । योजना राख्ने नेता र कर्मचारी समेत खरिद बिक्रीमा पछि परेका छन् । एउटाले योजना राखेको र अर्कैले काम पाएको बताउन थालिएको छ । मधेश प्रदेशमा योजना वितरण नभइ खरिद बिक्री हुने गरेको नेताहरु स्वीकारेका छन् । प्रदेश सरकारको हालसम्म १७ प्रतिशतको हाराहारीमा मात्र बजेट खर्च भएको छ

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब