वर्षा गराउने नयाँ प्रणाली भित्रिँदै, चैत १ गतेसम्म हावाहुरी, चट्याङ र केही ठाउँमा असिनाको जोखिम

  • फागुन २५, २०८१ | ३९१ पटक पढिएको | सीमा संदेश
alt

भोलि वर्षा र हिमपात गराउने नयाँ प्रणाली भित्रिने मौसमविद्हरूले अनुमान गरेका छन् । देशको पश्चिमी भेगबाट भित्रिने प्रणालीले सुदूरपश्चिम, कर्णाली हुँदै पूर्वी भू–भागसम्म बदली गराउने सम्भावना रहेको मौसमविद् धर्मराज उप्रेतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात गराउने तथा बाँकी भू–भागको पनि केही ठाउँमा वर्षासहित हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । चैत १ गतेसम्म हावाहुरी, चट्याङ र केही ठाउँमा असिनाको समेत सम्भावना रहेको भन्दै उप्रेतीले सचेत रहन सामाजिक सञ्जालमार्फत अनुरोध गर्नुभएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले पनि भाेलि वर्षा गराउने प्रणाली भित्रने र पश्चिमी क्षेत्रमा वर्षा गराउने बताउनुभयो । तर प्रणाली धेरै बलियो भने छैन । देशमा अब प्रि–मनसुनका गतिविधि बढ्दै जाने जाँदा स्थानीय वायुको प्रभाव बढ्ने र दिउँसोतिर बादल विकसित भएर हावाहुरी, चट्याङ, वर्षाको सम्भावना रहने उहाँले बताउनुभयो ।

हिजो बेलुका काठमाण्डौ उपत्यकामा छिटपुट वर्षा भयो भने इलाम, झापा, खोटाङ, सोलुखुम्बु, दोलखालगायतका जिल्लामा वर्षा र हिमाली क्षेत्रमा हिमपात भएको महाशाखाले जनाएको छ ।

आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका १/२ ठाउँमा हल्का हिमपात तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका १/२ ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाकाे सम्भावना रहेको महाशाखाले जनाएको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब