आज स्ववियु निर्वाचन ४६ आंगिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदै

  • चैत ५, २०८१ | ३९१ पटक पढिएको | सीमा संदेश
alt

त्रिभुवन विश्वविद्यालयअन्तर्गत ४६ आंगिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुँदैछ । धनकुटा बहुमुखी क्याम्पस, धनकुटा र महेन्द्र बहुमुखी क्याम्पस, दाङ र स्थगित १३ बाहेक ४६ मा निर्वाचन हुन लागेको हो । उपत्यकाको २२ मध्ये ६ वटा र बाहिर ४० मध्ये ६ वटामा निर्वाचन कार्यक्रम बिथोलिएको छ ।

उपत्यकाबाहिर मेची बहुमुखी महेन्द्र मोरङ क्याम्पस र डिग्री क्याम्पस विराटनगर, सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगर, सुर्खेत शिक्षा क्याम्पस सुर्खेत, कृषि क्याम्पस पक्लिहवा, भैरहवा बहुमुखी क्याम्पस, बुटवल बहुमुखी रारा बहुमुखी क्याम्पस जनकपुर र पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा छन् ।

नेविसंघभित्रको आन्तरिक विवाद, शेरबहादुर देउवा र शेखर कोइराला गुटको कारण केही क्याम्पसमा निर्वाचन बिथोलिएको थियो । उपत्यकामा भने सत्ताधारी नेविसंघ, अनेरास्ववियु र अनेरास्ववियु(क्रान्तिकारी)ले ताला लगाएका कारण निर्वाचन रोकिएको हो ।

उपत्यकामा मनोनयन गर्ने दिन त्रिवि केन्द्रीय र पद्मकन्या क्याम्पसमा मात्र निर्वाचन प्रक्रिया शुरू हुन सकेको थिएन । पछि आन्तरिक द्वन्द्वका कारण नेविसंघका शेखर पक्षका उम्मेदवारले विभिन्न क्याम्पसमा ताला लगाएका छन् । जसले गर्दा त्रिविअन्तर्गत ६२ आंगिक क्याम्पसमध्ये उपत्यकाका ६ र उपत्यका बाहिरका ६ गरी १२ वटामा मनोनयन हुन सकेन । केन्द्रीय निर्वाचन समितिले जारी गरेको कार्यतालिकाअनुसार बिहान ८ देखि ४ बजेसम्म मतदान हुनेछ ।

यसैबीच निर्वाचन केन्द्रीय समितिले स्थगित भएका सबै क्याम्पसमा २० गतेभित्र निर्वाचन गरिसक्नुपर्ने जनाएको छ । समितिले सूचना जारी गरी तत्काल निर्वाचन कार्यक्रम गर्न निर्देशन दिएको हो ।

केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव एवं विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राडा पशुपति अधिकारीले चैत २० गतेसम्म निर्वाचन नभए स्ववियु रहने वा नरहने भन्ने कानुनी प्रश्न आउने जिकिर गर्दै भन्नुभयो– ‘निर्वाचन नभएका क्याम्पसले २० गतेभित्र निर्वाचन प्रक्रिया थाल्नै पर्नेछ ।’ उहाँका अनुसार प्रक्रिया शुरू भएका क्याम्पसमा ५ गते निर्वाचन हुनेछ । बाँकी १३ वटाले २० गतेभित्र निर्वाचन गरिसक्नुपर्नेछ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब