दलित उठीबास घटना : गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष धरौटीमा रिहा !

  • चैत १६, २०८१ | ५२३ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको औरही गाउँपालिकाका अध्यक्ष र पूर्ववडाध्यक्षलाई धरौटीमा रिहा गरिएको छ ।

जिल्लाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा दलितमाथि भएको ज्यादती घटनामा गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई धरौटीमा रिहा गर्ने आदेश दिइएको छ । सिरहा जिल्ला अदालतले जनही एक लाख रुपैयाँ धरौटी लिएर उनीहरूलाई छाड्ने आदेश दिएको छ ।

न्यायाधीश विदुर काफ्लेको इजलासले शुक्रबार प्रहरी हिरासतमा रहेका गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादवसँग जनही एक लाख रुपैयाँ धरौटी लिने र थुनामुक्त गर्ने आदेश दिएको अदालतका शाखा अधिकृत समीर कुलुङले जनाए । उनीहरूसँगै बजरंजी बाबाविरुद्ध पनि जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर भएको थियो । बजरंजी बाबाको हकमा भने कानुनबमोजिम म्याद जारी हुने अधिकृत कुलुङले बताए ।

गत फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको दीपक मल्लिकको घर गाउँपालिकाको डोजर लगाएर भत्काएको थियो । औरही गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्ष चैत ९ मा पक्राउ परेका थिए । जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म कैद र ५० हजारदेखि २ लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

यता जातीय विभेद गरिएको घटनाको अनुसन्धान सकी प्रहरीले सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको छ । जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी मुद्दामा छानबिन गर्दै प्रहरीले ६ दिनमै अनुसन्धान पूरा गरी बिहीबार प्रतिवेदन बुझाएको छ । जिल्ला न्यायाधिवक्ता राजेन्द्र बस्नेतका अनुसार अनुसन्धान प्रतिवेदन प्राप्त भइसकेको छ, र अहिले त्यसको अध्ययन भइरहेको छ ।

अध्ययनपछि अदालतमा अभियोगपत्र दायर गरिने उनले बताए । गत चैत ९ गते साँझ गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव जातीय विभेदसम्बन्धी घटनामा पक्राउ परेका थिए । त्यसपछि चैत १० गते प्रहरीले उनीहरूसँगै बजरङ्गी बाबाविरुद्ध पीडितबाट जाहेरी लिएको थियो ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब