मधेस प्रदेशसभा सञ्चालनका लागि ३ बुँदे सहमति, चैत २६ गते प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने

  • चैत २३, २०८१ | ३३१ पटक पढिएको | सीमा संदेश
alt

१२ दिनदेखि अवरुद्ध मधेस प्रदेशसभा अब सञ्चालन हुने भएको छ । मधेस प्रदेश सभामा शुक्रवार बसेको सर्वदलीय बैठकमा तीन बुँदे सहमति भएसँगै विवाद सुल्झिएको हो । 

सभामुख रामचन्द्र मण्डलका अनुसार शुक्रबार बिहान बसेको सर्वदलीय बैठकमा तीन बुँदे सहमति भएसँगै मधेस सभाको गतिरोध अन्त्य भएको हो ।  विपक्षी दलहरूले उठाएको माग सम्बोधनसहित तीन बुँदे सहमति भएपछि गतिरोध अन्त्य भएको सभामुख मण्डलले बताए । 

उनका अनुसार बैठकमा संसदीय छानबिन समिति गठन गर्ने, अब बस्ने सदनको बैठकमा योजना बिक्री वितरणबारे सम्बन्धित मन्त्रीहरूले जवाफ दिने र प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा सम्बोधन गर्न दिने सहमति भएको हो ।

माओवादी केन्द्र संसदीय दलका नेता भरत साहका अनुसार अनधिकृत तवरबाट योजनाको चिठी बिक्री वितरणबारे चैत २७ गतेको बैठकमा सम्बन्धित मन्त्रीले जवाफ दिने र संसदीय छानबिन समिति गठन गर्ने निर्णय भएको छ ।

यसैगरी चैत २६ गते सदन सुरु गर्ने र प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने  सहमति भएको उनले जानकारी दिए । अनधिकृतरुपमा कमिसन लिएर योजना बिक्री हुने गरेको आरोप लगाउँदै विपक्षी दल जसपा नेपाल र माओवादी केन्द्रले संयुक्तरुपमा संसदीय छानबिन समिति गठनको माग गर्दै सदन अवरोध गर्दै आइरहेका थिए ।

सोही विवाद समाधानका हेतुले सभामुखको कार्यालयले शुक्रवार सर्वदलीय बैठक डाकेको थियो ।  चैत १० गतेदेखि मधेस सभाको बैठक अवरोध हुँदै आइरहेको थियो ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब