कर्मचारी निलम्बितपछि कार्यालयको कामकाज ठप्प

  • जेठ ३, २०८२ | ३८० पटक पढिएको | सीमा संदेश
alt

सप्तरीको डाकनेश्वरी नगरपालिकाका कर्मचारी निलम्बित भएपछि कार्यालय संचालनमा समस्या उत्पन्न भएको छ ।

आर्थिक वर्षको उत्तरार्धमा भ्रष्टाचार मुद्दामा प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवसहित इन्जिनियर, लेखा अधिकृत, योजना फाँटका अधिकृतसहित सात जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेपछि उनीहरू गत बुधवारबाट स्वतः निलम्बनमा परेका छन् ।

मुख्य प्रशासनिक अधिकारी, प्राविधिक र लेखा तथा योजनाका कर्मचारीहरू एकै पटक निलम्बित भएपछि पालिका संचालनमा समस्या उत्पन्न भएको छ । एलइडी स्ट्रिट लाइट जडानमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले गत बुधवार प्रमुख प्रशासकीय अधिकृत यादवसहित सात जना कर्मचारी र एउटा फर्म तथा तिनका संचालकविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको जनाइएको छ ।

अधिकृत यादवसहित इन्जिनयरद्वय कुलानन्द विराजी र रमाकान्त चौधरी, सव– इन्जिनियर संजयकुमार यादव, योजना अधिकृत विनोदकुमार ठाकुर, लेखापाल अनिता परिवार, योजना शाखा मा कार्यरत सहायक पाचौं निकिता चौधरी, जिएस निर्माण सेवा र त्यसका प्रोप्राइटर विजयकुमार यादव समेतका उपर आरोप पत्र दायर गरेको छ ।

आर्थिक वर्ष ०७८/०७९ मा बजेट विनियोजन भई सो जडान कार्यको लागि ठेक्का दिएकोमा कमसल किसिमको स्टेट लाइट खरिद तथा जडान गरी फर्जी बिल भरपाई बनाई नगरपालिकामा पेश गरी विनियोजित पूरै रकम असार मसान्तसम्ममा भुक्तानी लिइदिइ हिनामिना गरेको आयोगले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृतसहित प्रमुख फाँटका कर्मचारीहरू निलम्बनमा परेपछि अहिले प्रशासनका अधिकृत रमेश साहलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाइएको छ । उनलाई दैनिक कार्यालय संचालन गर्ने अधिकारमात्र रहेको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब