नेपाल-भारत सीमा क्षेत्रमा नजान चिनियाँलाई दूतावासको अपिल

  • जेठ १८, २०८२ | ५३६ पटक पढिएको | सीमा संदेश
alt

नेपालस्थित चिनियाँ दूतावासले नेपाल-भारत सीमा क्षेत्रमा नजान आफ्ना नागरिकलाई अपिल गरेको छ।

केही चिनियाँ नागरिकहरू सीमा क्षेत्रबाट पक्राउ परेपछि चीनको यस्तो अपिल आएको हो भन्ने उल्लेख चिनियाँ अखबार ग्लोबल टाइम्सले गरेको छ।

ग्लोबल टाइम्सका अनुसार चिनियाँ दूतावासले पटक-पटक नेपाल भ्रमणमा रहेका चिनियाँ नागरिकहरूलाई नेपाल–भारत सीमा क्षेत्रमा नजान चेतावनी दिँदै आएको भए पनि केही नागरिकहरूले सो सल्लाहलाई बेवास्ता गर्दै सीमा क्षेत्रमा जान अडिग रहेकाले भारतीय सीमा सुरक्षा बलले उनीहरूलाई अवैध रूपमा भारत प्रवेश गरेको आरोपमा पक्राउ गरेका घटनाहरू भएका छन्।

नेपाल भ्रमणमा रहेका चिनियाँ नागरिकहरूको सुरक्षाका लागि चिनियाँ दूतावासले फेरि एकपटक गम्भीर रूपमा सम्झाउँदै शुक्रवार आफ्नो आधिकारिक वीच्याट खातामार्फत यो अपिल सार्वजनिक गरेको हो।

दूतावासका अनुसार नेपाल र भारतबीचको सीमा खुला सीमा हो, जहाँ थोरै मात्र सीमा चिन्हहरू छन्। नेपाल र भारतका नागरिकहरूले परिचयपत्रको आधारमा स्वतन्त्र रूपमा आवतजावत गर्न सक्ने भए पनि विदेशी नागरिकहरूले नेपाल हुँदै भारत जान भारतको भिसा अनिवार्य रूपमा लिनुपर्छ।

झुक्किएर भारतीय भूमि प्रवेश गरेमा पक्राउ, मुद्दा, २ देखि ८ वर्षसम्मको कैद र जरिवाना हुन सक्ने सम्भावना रहेको तथा धरौटीमा रिहा हुने सुविधा नहुने दूतावासले जनाएको छ।

दूतावासले आपत्कालीन अवस्थामा चिनियाँ नागरिकहरूलाई नेपालस्थित चिनियाँ दूतावाससँग तुरुन्त सम्पर्क गर्न पनि अनुरोध गरेको छ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब