निलम्बित मेयर र कार्यवाहक मेयरको रणभूमि राजविराज

  • जेठ २८, २०८२ | ३३९ पटक पढिएको | सीमा संदेश
alt

सप्तरीको राजविराज नगरपालिका अहिले केही सातादेखि निलम्बित मेयर र कार्यवाहक मेयरको रणभूमि मैदानमा परिणत भएको छ ।

सो नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको नियुक्तिलाई लिएर बल्झिएको विवादले मंगलबार राजविराज नगरपालिकामा हिंसात्मक रूप लिएको छ । निलम्बित मेयर र कार्यवाहक मेयर पक्षबीच भएको शक्ति संघर्ष झडपमा परिणत हुँदा नगरपालिका कार्यालयमा तोडफोड भएको छ भने लेखा अधिकृतसहित दुई जना घाइते भएका छन् ।

भ्रष्टाचार मुद्दामा निलम्बित मेयर भीमराज यादव नेतृत्वको समूह र कार्यवाहक नगरप्रमुख इसरत परविन पक्षबीच झडप हुँदा नगरपालिका कार्यालय तनावग्रस्त बनेको थियो । सो झडपमा परी लेखा अधिकृत शत्रुधनलाल दास र अर्का एक व्यक्ति घाइते भएका छन्। उनीहरूको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

उपसचिवस्तरको प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रहेको नगरपालिकामा कार्यवाहक मेयर परविनले शिक्षा शाखाका अधिकृत भोगेन्द्र यादवलाई निमित्त प्रमुखको जिम्मेवारी दिएपछि विवाद चर्किएको छ । सो निर्णयको विरोधमा निलम्बित मेयर यादवको समूहले तीन दिनदेखि नगरपालिकामा तालाबन्दी गर्दै आन्दोलन गरिरहेको थियो। मंगलबार कार्यवाहक मेयर परविनले प्रहरीको सहयोगमा ताला तोडेर नवनियुक्त निमित्त प्रमुख यादवलाई पदभार ग्रहण गराउन खोज्दा अवस्था अनियन्त्रित बनेको थियो ।

दुई पक्षबीच ढुंगामुढा र कुटाकुट सुरु भएपछि स्थिति तनावपूर्ण बनेको थियो। कार्यवाहक मेयर परविन र निमित्त प्रमुख यादवलाई प्रहरीले सुरक्षा दिएर केहीबेर कार्यालयभित्रै राख्नुपरेको थियो। स्थितिलाई नियन्त्रणमा लिन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले कर्मचारीमाथि भएको कुटपिटको घटनाबारे अनुसन्धान भइरहेको र हाल स्थिति नियन्त्रणमा आइसकेको बताए।

सो घटनालाई निलम्बित मेयर यादवले आफ्नो शान्तिपूर्ण आन्दोलनमाथि कार्यवाहक मेयर पक्षले गरेको दमनको परिणाम भएको बताएका छन्। अर्कातर्फ, कार्यवाहक मेयर परविनले औचित्यहीन आन्दोलनले विकास निर्माण रोकेकाले आफूले निकास दिन खोजेको दाबी गरिन् । उनले भनिन्, ‘भ्रष्टाचार भएको भए छानबिन गर्ने निकाय छन्, आन्दोलनले जनताको विकास रोकिन्न ।’ पदभार ग्रहण गराउने क्रममा सो विवाद भएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्रप्रसाद यादवलाई मंगलबार पदभार ग्रहण गराइएको दाबी गरेको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब