हिन्दु बनेर काठमाण्डुकी एक नाबालिकालाई ललाई फकाई भारतको दिल्लीतर्फ लैजाँदै गरेका एकजना मुस्लिम युवकलाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेको छ ।
केही दिन अघि काठमाण्डुबाट बेपत्ता भएकी एकजना १३ वर्षीय बालिकालाई शेख रिजवान आलम भन्ने युवकले दिल्ली लैजाँदै गरेको अवस्थामा रक्सौल भन्सार नजिकैबाट भारतीय सुरक्षाकर्मीले नियन्त्रणमा लिएको हो । शेख आलम हिन्दु बनेर स्टार मेकर एपमा साथी बनाएर सो नाबालिकसंग विवाह गर्ने राम्रो जागिर लगाइदिने प्रलोभन देखाइ दिल्ली लगिरहेको क्रममा पक्राउ गरिएको बताइएको छ ।
नेपालको प्रमुख आर्थिक नगरी वीरगञ्जसँग जोडिएको भारतीय सहर रक्सौल सीमानाकामा भारतीय सीमासुरक्षा बल (एसएसबी) जुभेनाइल एड सेन्टर र डंकन अस्पतालको न्याय नेटवर्क परियोजनाको संयुक्त अपरेसनमा उक्त १३ वर्षीया नेपाली किशोरी सहित मानव तस्कर आलमलाई पक्राउ गरेको छ ।
दिल्लीमा जागिर र विवाहको झुटो प्रलोभन देखाउने युवक भारत बिहार राज्यको पूर्वी चम्पारणका शेख रिजवान आलमले तस्करी गर्न लागेको एसएसविले बताएको छ । रक्सौल कस्टम नजिकै पहाडे मूलकी केटी र मधेशी मूलको केटा देखेपछि शङ्का लागेर संयुक टोलीले खोजतलास गर्दा मानव तस्करीको घटना सार्वजनिक भएको हो ।
स्टार मेकर एपमार्फत आलमसँग मित्रता भएपछि प्रेम सम्बन्धमा परिणत भएको नाबालिकाले खुलासा गरिन् । रिजवानले उनलाई दुई पटक काठमाण्डुमा भेटेका थिए । भारतीय मानव तस्करी रोधी इकाईले किशोरीलाई सुरक्षित राखी आलमलाई आवशयक कारबाहीको लागि रक्सौल स्थित हरैया थानामा बुझाएको छ ।
हरैया थानामा रिजवान माथि एफआईआर दर्ता भइ अनुसन्धान जारी रहेको मोतीहारी जिल्ला प्रहरी प्रमुख एसपी सुवर्ण प्रभातले बताएका छन् । उनले यस्ता घटना रोक्न सीमाक्षेत्रमा खटिएका नेपाली सुरक्षाकर्मीलाई चनाखो हुन माइती नेपालले सुझाव दिएको छ । पछिल्लो समय नेपाली बालिकालाई विभिन्न प्रलोभनमा पारी भारतको विभिन्न प्रान्तमा लैजाने घटना बढेको छ ।
Copyright © 2020 / 2025 - Seema Sandesh Daily.com All rights reserved