गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु

  • असोज २४, २०८२ | ५५४ पटक पढिएको | सीमा संदेश
alt

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका– ९ जिरोमाइलनजिकै बिहीबार बिहान गुडिरहेको बसबाट खसेर सहचालकको मृत्यु भएको छ।

विराटनगरबाट मधेशको प्रादेशिक राजधानी जनकपुरधामतर्फ जाँदै गरेको ना.७ख २६५ नम्बरको यात्रुवाहक बसबाट बिहान करिब ११ बजेतिर खसेर गम्भीर घाइते भएका लहान नगरपालिका– १ घर भएका करिब २१ वर्षीय पवनकुमार यादवको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेश पालका अनुसार बसको पछाडिको चक्काले किचेर गम्भीर घाइते भएका उनलाई तत्काल उद्धार गरी उपचारका लागि लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पुर्‍याइएपछि मध्याह्न १२ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

बसबाट सहचालक खसेको जानकारी पाएलगत्तै धनगढीस्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायवब निरीक्षक दिलीपकुमार सिंहको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर घाइतेको उद्धार गरी उपचारका लागि लहान पठाएको थियो। घटनापछि बसका चालक ४० वर्षीय लक्ष्मी महतोलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको र बस धनगढी प्रहरीमा राखिएको प्रहरीले जनाएको छ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब