कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन पाठ्यक्रम परिमार्जन गरिँदै

  • पुस २४, २०८२ | ६७ पटक पढिएको | सीमा संदेश
alt

कक्षा ४ देखि १२ सम्म अध्ययन हुने सामाजिक अध्ययन विषय परिमार्जन गरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रले कतिपय पाठ जटिल भएको, सिलसिला र तहगत क्रम नमिलेको भन्दै परिमार्जन गर्न लागेको हो । 

पाठ्यक्रम परिमार्जनका लागि विद्यालय र शिक्षकहरूसँग छलफल भइसकेको छ । केन्द्रका अनुसार सातै प्रदेशका सामाजिक अध्ययन विषय पढाउने शिक्षकसँग पनि छलफल भएको छ । पाठ्यक्रम परिमार्जका लागि केन्द्रले कार्यदलसमेत बनाएको छ । केन्द्रका महानिर्देशक युवराज पौडेलले कार्यदलले काम गरिरहेको जानकारी दिए । उनका अनुसार पुरानो पाठ्यक्रम र अरू देशको सामाजिक अध्ययनभित्र के–के छ त्यसमा तुलनात्मक अध्ययन पनि भइसकेको छ । 

‘पाठ्यक्रमलाई आवश्यक छलफल गरेर राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्मा लगिएको छ, गत १९ असारमा परिषद्ले छलफल पनि गरेको थियो,’ उनले भने, ‘पाठ्यक्रमअनुसार कक्षा ४, ५, ८, १० र १२ को पाठ्यक्रम लेखन कार्य भइरहेको छ । यो पाठ्यपुस्तकमा १८ जिल्लामा २० विद्यालयमा पाठ्यक्रम परीक्षणसमेत गरेर बल्ल कार्यान्वयनमा ल्याइनेछ, तर अझै थुप्रै काम बाँकी रहेकाले ०८४ को शैक्षिक सत्रदेखि मात्र नयाँ पाठ्यक्रम लागू हुन्छ ।’

पालिकाको असक्षमता

जिल्ला सदरमुकाम सिरहाको मुख्य सडक चौडा गरिएको दुई वर्षभ ...

श्रद्धा कपुरको बिहे चर्चाले ततायो बलिउड

मुम्बई । बलिउड अभिनेत्री श्रद्धा कपुर यतिबेला आफ्न ...

हर्ष मेहेतासँगको अफेयरको चर्चा बारे के भन्छिन् मला

मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले पछिल्लो सम ...

कांग्रेस विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा न

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापाको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब