कक्षा ४ देखि १२ सम्मको सामाजिक अध्ययन पाठ्यक्रम परिमार्जन गरिँदै

  • पुस २४, २०८२ | ३१३ पटक पढिएको | सीमा संदेश
alt

कक्षा ४ देखि १२ सम्म अध्ययन हुने सामाजिक अध्ययन विषय परिमार्जन गरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रले कतिपय पाठ जटिल भएको, सिलसिला र तहगत क्रम नमिलेको भन्दै परिमार्जन गर्न लागेको हो । 

पाठ्यक्रम परिमार्जनका लागि विद्यालय र शिक्षकहरूसँग छलफल भइसकेको छ । केन्द्रका अनुसार सातै प्रदेशका सामाजिक अध्ययन विषय पढाउने शिक्षकसँग पनि छलफल भएको छ । पाठ्यक्रम परिमार्जका लागि केन्द्रले कार्यदलसमेत बनाएको छ । केन्द्रका महानिर्देशक युवराज पौडेलले कार्यदलले काम गरिरहेको जानकारी दिए । उनका अनुसार पुरानो पाठ्यक्रम र अरू देशको सामाजिक अध्ययनभित्र के–के छ त्यसमा तुलनात्मक अध्ययन पनि भइसकेको छ । 

‘पाठ्यक्रमलाई आवश्यक छलफल गरेर राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्मा लगिएको छ, गत १९ असारमा परिषद्ले छलफल पनि गरेको थियो,’ उनले भने, ‘पाठ्यक्रमअनुसार कक्षा ४, ५, ८, १० र १२ को पाठ्यक्रम लेखन कार्य भइरहेको छ । यो पाठ्यपुस्तकमा १८ जिल्लामा २० विद्यालयमा पाठ्यक्रम परीक्षणसमेत गरेर बल्ल कार्यान्वयनमा ल्याइनेछ, तर अझै थुप्रै काम बाँकी रहेकाले ०८४ को शैक्षिक सत्रदेखि मात्र नयाँ पाठ्यक्रम लागू हुन्छ ।’

सखुवानन्कारकट्टीमा कटुवा पेस्तोल बरामद, काठमाडौंमा

प्रहरीले सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका–&nb ...

गोलबजारमा श्रद्धाञ्जली सभामा विवाद

सुनसरीको कप्तानगन्ज र सिराहाको गोलबजारमा प्रहरीको गोली ...

साउन २२ गते शुक्रबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन २२ गते । शुक्रबार ...

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको नत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब