जसपाद्वारा १५ जना निष्कासित

  • फागुन १२, २०८२ | १८८ पटक पढिएको | सीमा संदेश
alt

जनता समाजवादी पार्टी (जसपा) महोत्तरीले पार्टी उम्मेदवारलाई नसघाएको आरोप गाउँदै जनप्रतिनिधिसहित १५ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।

यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको अधिकारिक उम्मेदवारविरुद्ध गतिविधि नगर्न/गराउन पटक पटक सचेत गराउँदा पनि नमानेपछि निष्कासन गरिएको जसपा नेपाल महोत्तरीले प्रेस विज्ञप्ति मार्फत जानकारी गराउँदै निष्कासन गरिएका नेताहरुको नामावली पनि सार्वजनिक गरिएको छ ।

निष्कासन गरिएका जनप्रतिनिधिहरुमा जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार, पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादव, पिपरा गाउँपालिकाका उपाध्यक्ष वन्दना पाण्डेय र गौशाला नगरपालिका १२ का अध्यक्ष कुशेश्वर सिंह रहेका छन् ।

त्यस्तै पार्टीका नेताहरुमा गौशाला नगरपालिका वडा नम्बर २ का कुमरकान्त मिश्र, गौशाला नगरपालिका वडा नम्बर १० का शेष जाली, गौशाला नगरपालिका वडा नम्बर ४ का सविता कुमारी देवी, मटिहानी नगरपालिका वडा नम्बर ५ का रामनन्दन यादव, मटिहानी नगरपालिका वडा नम्बर ३ का मोजिम राइन, जलेश्वर नगरपालिका वडा नम्बर २ का संतोष साह, पिपरा गाउँपालिका वडा नम्बर ५ का रामप्रकाश यादव, शम्भु यादव, पिपरा गाउँपालिका वडा नम्बर १ का राहुल पाण्डेय, एकडारा गाउँपालिका वडा नम्बर ३ का श्याम यादव र एकडारा गाउँपालिका वडा नम्बर ५ का हरिनारायण मण्डल रहेका छन् ।

श्याम यादव र हरि नारायण मण्डललाई पार्टी केन्द्रीय समितिमा र वन्दना पाण्डेयलाई प्रदेश समितिमा निष्कासनको लागि सिफारिस गरिएको जनाइएको छ ।

पार्टीका महोत्तरी जिल्ला अध्यक्ष रामबाबु साह र रामनरेश रायले जारी गरेको विज्ञप्तिमा पार्टीको अनुशासन, विधान र हितको रक्षा गर्दै आगामी निर्वाचनमा सबैले पार्टी उम्मेदवारको समर्थन गर्नुपर्ने भनेका छन् ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट जसपा नेपालका संरक्षकसमेत रहेका राष्ट्रियसभा सदस्य महन्थ ठाकुरले आफ् नो छोरी मिनाक्षी ठाकुरलाई उम्मेवार बनाएपछि असन्तुष्टि जनाउँदै हरिनारायण यादवले बागी उम्मेदवारी दिएका छन् ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब