बर्डफ्लु संक्रमणको खतरा : मधेशमा उच्च सतर्कता, १ लाख १३ हजार पन्छी नष्ट

  • चैत २४, २०८२ | २१६ पटक पढिएको | सीमा संदेश
alt

तेश्रो पटकमा मोरङको विभिन्न ठाउँबाट फैलिएको बर्डफ्लु(एच–फाइभ एन–वान) विभिन्न स्थानमा देखा पर्न थालेपछि जनकपुरधाममा कुखुरा मासुको बिक्री वितरणमा गिरावट आएको छ । मोरङको सुन्दरहरैचा–४ र उर्लाबारी–८ बाट फैलिएको बर्डफ्लु(एच–फाइभ एन–वान) विभिन्न ४ वटा जिल्लाका २३ वटा फार्ममा फैलिएको जनाइएको छ ।

मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सूचना अधिकारी अजय ज्ञवालीले मधेश प्रदेशमा तत्कालै बर्डफ्लु नदेखिए पनि मधेश प्रदेशमा रहेको फार्ममा सेनिटाइजरको प्रयोगलगायतका स्वास्थ्य अवस्थाप्रति सजगता अपनाउन आग्रह गरेका छन् ।

मधेश प्रदेशमा तत्कालै बर्डफ्लु नदेखिए पनि कोशी प्रदेश र बागमति प्रदेशबाट नै सबैभन्दा बढी आयात हुने गरेकाले यसप्रतिको सजगता र सतर्कता आवश्यक रहेको मन्त्रालयका सूचना अधिकारी ज्ञवालीले बताए । उनले अहिले मधेशमा उच्च सतर्कताको आवश्यकता रहेकाले प्रदेशको ८ वटै जिल्लामा सजग रहनुपर्ने बताए । उनले विगतदेखि नै सतर्कतापूर्वक सीमानाका क्षेत्र, अन्य प्रदेशबाट हुने गरेको आयातप्रति सम्बन्धित कार्यालय गम्भीर रहँदै चेकजाँच कार्य हुने गरेकाले अहिले नै बर्डफ्लुको संक्रमण नदेखिए पनि यसको रोकथाम नियन्त्रणका लागि आवश्यक कदमहरु अघि बढाउँदै गएको स्पष्ट पारे ।

पशु सेवा विभागले जनाए अनुसार सुनसरीमा सबैभन्दा बढी १२ वटा कुखुरा फार्म प्रभावित भएका छन् । त्यस्तै मोरङमा ८, झापामा २ र चितवनको एउटा कुखुरा फार्ममा बर्डफ्लु भेटिएको जनाइएको छ । उपलब्ध तथ्यांक अनुसार सबै फार्ममा गरी १ लाख १३ हजार ६ सय ८ कुखुरा तथा हाँस नष्ट गरिएको छ ।

त्यस्तै २ लाख ११ हजार ८ सय ६७ वटा अण्डा र २५ हजार ८ सय किलो दाना पनि नष्ट गरिएको छ । नष्ट गरिएका पन्छीमध्ये ८५ प्रतिशत लेयर प्रजातिका कुखुरा रहेको जनाइएको छ ।

विभागकी सूचना अधिकारी वरिष्ठ पशु विकास अधिकृत डा. इन्दिरा शर्माले अन्य जिल्लामा संक्रमण फैलिन नदिन आवश्यक सबै कदम चालिएको जानकारी दिइन् । तीनै तहको सरकारका सरोकारवाला निकायसँगको समन्वयमा रोकथाम र नियन्त्रणका कदम चालिरहेको उनले बताइन् । बर्डफ्लु संक्रमणको मुख्य कारकका रूपमा विभागले विभिन्न पहिचानसमेत गरेको जनाएको छ।

विभागले दिएको जानकारी अनुसार फार्मनजिकै रहेका अग्ला रुखहरू जंगली चारहरूको बासका लागि उपयुक्त छन् । जहाँका चराहरू फार्ममा पालिएका कुखुरा, हाँसलगायतका पन्छीहरूको सम्पर्कमा आउने भएका कारण पनि संक्रमण फैलिएको हुन सक्ने विभागले आँकलन गरेको छ । त्यसैगरी फार्महरू सिमसार क्षेत्रको नजिक रहेको, मानक जैविक सुरक्षामा ध्यान नदिँदा, सवारी साधन र आगन्तुकहरूको अनियन्त्रित आवतजावत र अण्डा राख्ने क्रेटहरूलाई उचित रूपमा निसंक्रमण नगरी पुनः प्रयोग गर्नु र एउटै व्यक्तिले पर्याप्त सुरक्षात्मक उपायबिना जीवित कुखुरा र कुखुराको मासुको व्यापार गर्नु पनि संक्रमण फैलिने कारण हुन सक्ने विभागले जनाएको छ ।

सूचना अधिकारी डा. इन्दिरा शर्माले किसानले ‘बर्डफ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुहरूको राहतसम्बन्धी मापदण्ड’ २०७९ अनुसार राहत पाउने व्यवस्था रहेको बताइन् । क्षतिपूर्ति बजार मूल्य अनुसार निर्धारण हुने स्पष्ट व्यवस्था छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने दररेट निर्धारण समितिको सिफारिसका आधारमा क्षतिको ७५ प्रतिशतसम्म किसानले राहत पाउने व्यवस्था छ ।

बर्डफ्लु कुखुरा, हाँसलगायतका पन्छीमा लाग्ने संक्रामक भाइरल घातक रोग मानिन्छ । संक्रमित पन्छीसंग प्रत्यक्ष सम्पर्क, फोहोर वा संक्रमित सामग्रीमार्फत यो रोग फैलिन सक्ने र दुर्लभ अवस्थामा मानिसमा पनि संक्रमण हुन सक्ने पशु चिकित्सकहरूको भनाइ छ । नेपालमा पहिलोपटक सन् २००९ मा झापामा बर्डफ्लु ‘डिटेक्ट’ भएको थियो । त्यसपछि दोस्रो पटक सन् २०१९ मा बर्डफ्लु संक्रमणबाट एक जना मानिसको मृत्यु भएको थियो । काभ्रेका २१ वर्षीय युवकको उपचारको क्रममा मृत्यु भएको थियो । ती युवामा ज्वरो र खोकीको लक्षण रहेको थियो ।

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका ...

असोज २४ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २४ गते । शनिबार । ...

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब