एसईईको नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योग गर्न र उत्तरपुस्तिका हेर्नसमेत पाउने

  • वैशाख २९, २०८३ | २१० पटक पढिएको | सीमा संदेश
alt

राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले प्रकाशित नतिजामा चित्त नबुझ्ने परीक्षार्थीका लागि पुनर्योग र उत्तरपुस्तिका हेर्न पाउने व्यवस्था गरिएको जनाएको छ । बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले सोमबार जारी गरेको विज्ञप्तिमा विद्यार्थीले अनलाइनमार्फत नै पुनर्योगका लागि आवेदन दिन सक्ने उल्लेख गरेका छन् । 

पुनर्योग गर्न चाहने परीक्षार्थीले जेठ १ गतेदेखि जेठ ७ गतेसम्म बोर्डको वेबसाइटमा गएर फाराम भर्नुपर्नेछ । पुनर्योगका साथै विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन समेत पाउने बोर्डले जनाएको छ ।

यस वर्षको एसईईमा नियमिततर्फ सहभागी ४ लाख ३० हजार ६६७ परीक्षार्थीमध्ये ६५.९८ प्रतिशत (२ लाख ८४ हजार १६० जना) उत्तीर्ण भएका छन् भने ३४.०२ प्रतिशत (१ लाख ४६ हजार ५०७ जना) फेल (एनजी) भएका छन्। फेल भएका विद्यार्थीका लागि असार १ गतेदेखि ९ गतेसम्म पूरक परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब