लहानको प्रादेशिक अस्पतालका अध्यक्ष र तत्कालीन मेसुको चाला : शिलामा नाम लेखाउन सिटिस्क्यान उद्घाटन, भोलिपल्टै बन्द

  • जेठ ३, २०८३ | २४० पटक पढिएको | सीमा संदेश
alt

लहानमा रहेको रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालका अध्यक्ष र निमित्त मेडिकल सुपरिटेन्डेन्टले शिलामा आफ्नो नाम राख्नैका लागि सिटिस्क्यान सेवा उद्घाटन गरेको पाइएको छ । तर, २१ वैशाखमा उद्घाटन गरेर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहता र तत्कालीन निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजितकुमार झाको नाम लेखाइसकेपछि भोलिपल्टबाट भने सिटिस्क्यान सेवा बन्द छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १४ चैतमा निर्णय गर्दै झालाई दरबन्दी रहेको अस्पताल (वीरमा) काज फिर्ता गरेको थियो । सिटिस्क्यान सञ्चालनका लागि जनशक्ति अभाव रहे पनि शिलामा नाम लेखाउनैका लागि उनी र अध्यक्षले सेवा उद्घाटन गरे । त्यसको भोलिपल्ट २२ वैशाखमा उनी प्रादेशिक अस्पतालबाट रमाना भएका थिए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मेहताले तत्कालीन मेसु झाबाट सिटिस्क्यान उद्घाटनको प्रस्ताव आएछि सोहीअनुसार गरिएको हो । ‘वैशाखको पहिलो साता भएको समितिको बैठकमा उहाँले उद्घाटनको प्रस्ताव ल्याएपछि मिति तय गरी निर्णय गरिएको हो,’ उनले भने, ‘निर्णयअनुसार मैले र मेसुले संयुक्त रूपमा उद्घाटन गर्‍यौँ । जनशक्ति अभावमा नियमित सञ्चालन गर्न सकिएको छैन । त्यसका लागि प्रदेश मन्त्रालयमा पहल गरिरहेका छौँ ।’

अधिकारकर्मी राजकुमार कुर्मीले करोडौँको उपकरण थन्क्याएर राख्नु लहान क्षेत्रका लागि दुर्भाग्यपूर्ण भएको बताए । ‘उपकरण खरिद गर्न हतार गर्ने मन्त्रालयले जनशक्ति व्यवस्थापनमा किन गम्भीरता देखाउँदैन ?’ उनले प्रश्न गरे ।

हालै जिम्मेवारी सम्हाल्न आएकी मेडिकल सुपरिटेन्डेन्ट डा. वर्षा प्रकाशले सिटिस्क्यान सञ्चालन गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको बताइन् । ‘प्रदेशभरि नै रेडियोलोजिस्टको अभाव छ, मन्त्रालयमा ताकेता गरिरहेका छौँ, तर कर्मचारी कहिले आउँछन् भन्ने टुंगो छैन,’ उनले भनिन् ।

०८१ भदौमा तत्कालीन निमित्त मेसु डा. बृजेन्द्र साहको पालामा सिटिस्क्यान मेसिन ल्याइएको थियो । तर, रेडियोलोजिस्टसमेत रहेका साहको सरुवा भएपछि मेसिन चलेको थिएन ।

मधेश प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले १२ करोड रुपैयाँमा खरिद गरेको दुईवटा सिटिस्क्यानमध्ये एउटा लहान अस्पताललाई उपलब्ध गराएको थियो । 

अस्पतालका अध्यक्ष भन्छन्– उद्घाटन त भयो, तर चलाउने मान्छे छैनन्
अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष रामनारायण मेहताले विपन्न बिरामीको हितका लागि उपकरण जडान गरिए पनि जनशक्ति नहुँदा समस्या परेको बताए । ‘हामीले उपकरण जडानपछि उदघाटन त गर्‍यौँ । तर, दक्ष जनशक्ति र अन्तिम प्राविधिक निरीक्षण नहुँदा सेवा दिन सकेका छैनौँ,’ उनले भने । जनशक्ति व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको उनले बताए ।

हाल १५ शङ्ढयाको स्वीकृत दरबन्दी भए पनि अस्पतालले करारका कर्मचारीमार्फत सय शङ्ढयाको सेवा दिँदै आएको छ । तर, सिटिस्क्यानजस्तो संवेदनशील र प्राविधिक उपकरण सञ्चालन नहुँदा दुर्घटना, मस्तिष्कघात र गम्भीर चोटपटक लागेका बिरामी बढी मर्कामा परेका छन् । सरकारी अस्पतालमा सुलभ शुल्कमा सेवा पाउने आशामा रहेका सिराहा, सप्तरीका बिरामी महँगो शुल्क तिरेर निजी क्लिनिक र मधेश प्रदेशका विभिन्न अस्पताल जान बाध्य छन् । सरकारी अस्पतालमा तीन हजारदेखि ३५ सय रुपैयाँमा हुने सिटिस्क्यान सेवा नपाउँदा बिरामीले निजीमा दोब्बर–तेब्बर रकम तिर्नुपरेको छ ।

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका ...

असोज २४ गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २४ गते । शनिबार । ...

गोलबजारमा अवैध उत्खनन, संलग्न ७ वटा टिपर प्रहरी नि

अवैध रूपमा गिट्टीबालुवा उत्खनन गर्ने ६ वटा टिपर र एउटा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब