असोज ४ गते आइतबार,यस्तो छ तपाईं को राशिफल

  • असोज ४, २०८३ | १२५ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल असोज ४ गते । आइतबार । इस्वी सन् २०२६ सेप्टेम्बर २० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । भाद्र शुक्लपक्ष । तिथि–नवमी, बेलुकी ४ बजेर २२ मिनेट उप्रान्त दशमी । नक्षत्र– पूर्वाषाढा, रातको ४ बजेर २३ मिनेट उप्रान्त उत्तराषाढा । योग–सौभाग्य, बेलुकी ४ बजेर ३१ मिनेट उप्रान्त शोभन । करण–कौलव, बेलुकी ४ बजेर २२ मिनेट उप्रान्त तैतिल, रातको ५ बजेर २१ मिनेट उप्रान्त गर । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–धनु ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ५१ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १ मिनेट । दिनमान ३० घडी २५ पला।

आजको बार बेला ।

  • बिहान ५ बजेर ५१ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ५ बजेर ५२ मिनेटदेखि बिहान ७ बजेर २३ मिनेटसम्म चर बेला ।
  • बिहान ७ बजेर २४ मिनेटदेखि बिहान ८ बजेर ५४ मिनेटसम्म लाभ बेला ।
  • बिहान ८ बजेर ५५ मिनेटदेखि बिहान १० बजेर २५ मिनेटसम्म अमृत बेला ।
  • बिहान १० बजेर २६ मिनेटदेखि बिहान ११ बजेर ५६ मिनेटसम्म काल बेला ।
  • बिहान ११ बजेर ५७ मिनेटदेखि दिउँसो १ बजेर २८ मिनेटसम्म शुभ बेला ।
  • दिउँसो १ बजेर २९ मिनेटदेखि दिउँसो २ बजेर ५९ मिनेटसम्म रोग बेला ।
  • दिउँसो ३ बजेर ० मिनेटदेखि बेलुकी ४ बजेर ३० मिनेटसम्म उद्वेग बेला ।
  • बेलुकी ४ बजेर ३१ मिनेटदेखि बेलुकी ७ बजेर ३० मिनेटसम्म शुभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बेलुकी ४ बजेर ३० मिनेटदेखि बेलुकी ६ बजेर १ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर १५ मिनेटदेखि बिहान ५ बजेर ३ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शैक्षिक  वा धार्मिक यात्रा हुने योग रहेको छ । धार्मिक पुस्तक अध्ययन गरी ज्ञान आर्जन गर्न सकिनेछ भने धर्मसँग सम्बन्धित सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । शिक्षा क्षेत्र, पहिरन तथा खाद्यान्नमा आज गरिएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय शुभ रहेको छ । गीत सङ्गीत तथा कला क्षेत्रमा समय दिनेहरूका लागी समय उत्तम रहेको छ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) रमाइलो तथा पारिवारिक माहौलमा दिन बित्नेछ भने मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार तथा उद्योगमा सानो लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तपाईँको नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ । सामाजिक कामबाट ख्याति कमाउन सकिनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आट, साहस तथा हिम्मतले कामहरू सम्पादन हुनेछन् । अध्ययनमा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । पुराना ऋण तिर्न सकिने तथा रोग केही भए बिसेक हुनेछ । मामा मावली पक्षसँग बिग्रेका सम्बन्ध सुधार हुनेछ । पछिसम्म आम्दानी भइरहने व्यवसाय सुरु गर्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ । वित्तीय क्षेत्र तथा औद्योगिक क्षेत्रमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।
  • सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) वंश वृद्धिको योग रहेको छ भने आफन्त तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ । बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्त हुने योग रहेको छ । छोटो दुरीको रमाइलो यात्राको योग रहेको छ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई आफ्नो प्रस्तुति दिने अवसर प्राप्त हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा समय लगानि गर्दै हुनुहुन्छ भने जनताको काम गर्न नसक्दा आलोचना सुन्नुपर्नेछ । अन्य व्यापार व्यवसायमा मन्दी आए पनि घरजग्गा तथा सवारी साधनको कारोबारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । अध्ययनमा  नतिजा हात पार्न राम्रै मेहनत गर्नुपर्नेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) उद्योगको लगानी तथा व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिनेहरूका लागी समयले साथ दिनेछ भने चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाइ तथा छिमेकीको साथ पाइनेछ । लेखन तथा साहित्यमा रुचि बढ्नेछ । सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) विगतमा गरिएको कामको सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न रहनेछ । रोकिएर बसेका कामहरू सम्पादन हुनेछन् भने नयाँ काम गर्ने वातावरण बन्नेछ । औषधीजन्य तथा खाद्यान्नको व्यापारबाट नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा अरूभन्दा एक कदम अगाडी बडी नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नयाँ तथा रचनात्मक काम गरी आर्थिक अवस्था सुदृढ पार्न सकिनेछ । व्यापार तथा औद्योगिक क्षेत्रबाट नाफा कमाउन सकिनेछ भने पुराना कामहरू सम्पादन हुनाले थप हौसला प्राप्त हुनेछ । सामाजिक काममा होमिनेहरूका लागी समयले साथ दिनेछ । अध्ययनमा सफलता प्राप्त हुनेछ भने उत्कृष्ट नतिजाले परिवारका सदस्य तथा गुरुहरू खुसी हुनेछन् । प्रमेमा रमाउन चाहनेहरूका लागी समय उत्कृष्ट रहेको छ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खानपान तथा मौसमको ध्यान नदिए स्वास्थ्यमा समस्या आई उपचार खर्चमा वृद्धि हुने योग रहेको छ । व्यापारमा भनेजस्तो आम्दानी नहुँदा दैनिकी प्रभावित हुन सक्छ । आफ्नै मानिसलाई विश्वास गर्दा धोका पाइनेछ । तापनि लामो दुरीको विदेश यात्रा हुनेछ भने विदेशी सामानको व्यापारबाट आम्दानी गर्न सकिनेछ । विदेशमा बसेर काम वा अध्ययन गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पैतृक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय वा औषधीजन्य सामानको व्यापारबाट लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सरकारी तथा पैतृक धन तथा सम्पत्ति प्रयोग मार्फत रोजगारी सिर्जना गरी मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा वृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेको छ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धि मूलक कामहरू बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम आउनेछ । व्यापार व्यवसायमा भने जस्तो नाफा कमाउन सकिनेछ । छोटो समयमा नाम तथा दाम कमाउन सकिने हुँदा मन प्रसन्न रहनेछ

तपाईँको दिन शुभ रहोस् ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब