कात्तिक १ गते आइतबार ,यस्तो छ तपाईंको राशिफल

  • कार्तिक २, २०८३ | ४३ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल कार्तिक १ गते । आइतबार । इस्वी सन् २०२६ अक्टोबर १८ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–अष्टमी, अहोरात्र । नक्षत्र–पूर्वाषाढा, बिहान ११ बजेर ३६ मिनेट उप्रान्त उत्तराषाढा । योग–सुकर्मा, बेलुकी ११ बजेर ४५ मिनेट उप्रान्त धृति । करण– भद्रा, बेलुकी ६ बजेर ५५ मिनेट उप्रान्त बव । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–धनु , बेलुकी ६ बजेर ५५ मिनेट उप्रान्त मकर ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३० मिनेट । दिनमान २८ घडी ३२ पला।

आजको बार बेला ।

  • बिहान ६ बजेर ६ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ६ बजेर ७ मिनेटदेखि बिहान ७ बजेर ३१ मिनेटसम्म चर बेला ।
  • बिहान ७ बजेर ३२ मिनेटदेखि बिहान ८ बजेर ५७ मिनेटसम्म लाभ बेला ।
  • बिहान ८ बजेर ५८ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म अमृत बेला ।
  • बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४८ मिनेटसम्म काल बेला ।
  • बिहान ११ बजेर ४९ मिनेटदेखि दिउँसो १ बजेर १४ मिनेटसम्म शुभ बेला ।
  • दिउँसो १ बजेर १५ मिनेटदेखि दिउँसो २ बजेर ३९ मिनेटसम्म रोग बेला ।
  • दिउँसो २ बजेर ४० मिनेटदेखि बेलुकी ४ बजेर ५ मिनेटसम्म उद्वेग बेला ।
  • बेलुकी ४ बजेर ७ मिनेटदेखि बेलुकी ६ बजेर ५ मिनेटसम्म शुभ बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बेलुकी ४ बजेर ४ मिनेटदेखि बेलुकी ७ बजेर ३० मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर ३० मिनेटदेखि बिहान ५ बजेर १८ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) यात्रा, खानपान तथा मनोरञ्जनमा समय खर्च हुनेछ । छोटो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुनेछ । सानो सानो लगानी गर्दा पनि व्यापार व्यवसाय फस्टाएर जानेछ भने दैनिक उपभोग्य र औषधीजन्य सामानको कारोबारमा वृद्धि हुनेछ । प्रेमको डोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । पारिवारिक मिलनले मन प्रसन्न हुनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नसोचेको धन तथा भौतिक सम्पत्ति प्राप्तिको योग रहेको छ । माया प्रेममा नजिक हुन सकिने तथा आफन्तबाट सहयोग हुनेछ लामो दुरीको यात्राको तय हुनेछ । उपभोग्य बस्तु तथा औषधीजन्य सामानको व्यापारमा बढोत्तरीको योग रहेको छ । तर पनि सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सामाग्री तथा उपभोग्य वस्तुको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । भौतिक सम्पत्ति तथा मानव निर्मित वस्तुहरू प्राप्तिको गतिलो योग रहेको छ । लामो समयदेखि भेट नभएका मित्रहरूसँग भेट हुनेछ भने माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ भने रमाइलो यात्राको तय हुनेछ । खानपान, यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । उपभोग्य वस्तु तथा औषधीजन्य सामानको व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यकता पूरा गर्न सकिनेछ । आफन्त तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । तपाईंको खुट्टा तान्ने तथा कुरा काट्नेहरू तपाईँकै प्रशंसा गर्दै हिँड्नेछन् ।  खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काममा ध्यान केन्द्रित हुनाले आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरूको सुझावलाई शिरोधार्य गर्दै अगाडि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति पाउने योग रहेको छ भने प्रेममा सामिप्यता बढेर जानेछ । सन्तान, छोराछोरी तथा आफन्तसँग रमाइलो यात्राको तय गर्न सकिनेछ । व्यापारमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिने समय रहेको छ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले सर्वसाधारणसँग सन्तुलित व्यवहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा आघात पुग्नेछ । आमा वा आमा सरहका मानससँग टाढिएर देश परदेशको यात्रा गर्दा मन विचलित हुनेछ । तर पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पुराना समस्या हरूलाई केही समय दिएर सकाउन सकिनेछ । उपभोग्य वस्तु तथा औषधीजन्य सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ भने यात्राका क्रममा रमाइला तथा मन मिल्ने साथीभाइहरू भेटिनेछन् । प्रणय सम्बन्धमा सुधार हुनेछ भने एक अर्काको सहयोगले खोजमूलक विषयमा मन जानेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईँकै पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफ्ना समस्याहरू परिवार तथा आफन्तले बुझ्ने हुँदा काम गर्न सहज हुनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ भने बोलीको प्रभाव बढ्ने हुँदा महत्त्वपूर्ण निर्णयहरू गर्न सकिनेछ । माया प्रेममा विश्वास बढ्नेछ भने जीवन साथीको सहयोगले नयाँ कामको थालनी गर्न सकिनेछ । उपभोग्य सामान तथा औषधीजन्य सामानको व्यापार फस्टाएर जाने हुनाले थप लगानीको वातावरण बन्नेछ । पारिवारिक मिलन तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफूसँग भएका स्रोत साधनहरूलाई सही रूपमा परिचालन गरी आम्दानी बढाउन सकिनेछ । कुनै पनि विषयमा समयमा निर्णय लिन सक्दा मान सम्मानमा वृद्धि भएर जानेछ । प्रेममा आत्मीयताको भाव झल्कनेछ भने साथीभाइ हरूसँगै रहेर मिठो खाना खाने तथा रमाइले गर्ने अवसर जुर्नेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ । पढाइ लेखाइ तपाईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ । तर पनि यात्रा, खानपान, मनोरञ्जन तथा पारिवारिक मिलनमा समय व्यतीत हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) लाभ स्थानमा गोचर गर्ने चन्द्रमाले औषधीजन्य तथा उपभोग्य लगानी गरी मनग्गे नाफा कमाउन सकिनेछ भने प्राकृतिक स्रोत साधन प्रयोग गर्न पाइने योग रहेको छ । पैतृक धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै आफ्नै पोल्टोमा नतिजा ल्याउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सम्मानित काम सम्पादन गर्न सकिनेछ । उपभोग्य वस्तु तथा औषधीजन्य सामानको व्यापारबाट सोचेभन्दा बढी नै आम्दानी हुनाले नयाँ क्षेत्रमा लगानी गर्न जाँगर आउनेछ । अध्ययन तथा अध्यापनमा सहकर्मीको साथले नयाँ कुराको खोज तथा अनुसन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउनेछ । खानपान तथा मनोरञ्जनमा समय व्यतीत हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

एउटा खसीको आत्मकथा

म खसीले मजस्तै कुखुराको विषयमा जोक भनेको सुनेको छु  ...

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेप ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब