सिरहा नगरपालिका वडा नं. ८ द्धरा राहत वितरण "वडामा कसैका चुलो बन्दा हुदैन वडाअध्यक्षको प्रतिवद्धता"

  • वैशाख २२, २०७७ | १,१७२ पटक पढिएको |
alt

सिरहा नगरपालिका वडा नं. ८ को कार्यलयले लकडाउनबाट विशेष प्रभावित दलित, मजदुर, विपन्न वर्ग तथा गरिवलाई राहत वितरण सुरु गरेको छ । लगभग ८ हजार जनसंख्या रहेका वडामा २६३ जना राहतका लागि सर्वदलिय समितिले छनोट गरेका छन । सामाजिक दुरीलाई ध्यानमा राखि पहिलो प्राथमिकता दलित तथा मजदुरलाई दिई राहत वितरण सुरु गरिएको हो ।
प्रत्येक प्रभावित परिवारका लागि २५ के.जि. चामल, ३ कि.जि. दाल, २ के.जि.तेल, २ के.जि. नुन र २ पिस हात धुने साबुन सहितका प्यकेज व्यवस्था गरिएको वडा सहायक सुनदेश्वर यादबले बताउनु भयो ।
वडा भरी लकडाउकै कारणले कसैको चुलो बन्द हुन नदिने वडा अध्यक्ष नागेश्वर गोईतले प्रतिवद्धता गर्नु भयो । कोरोना भाइरस महामारीकै कारण कुनै पनि समस्या कसैलाई भए सिधा वडा कार्यलयमा सम्पर्क राख्न अनुरोध पनि गर्नु भयो ।
नगरपालिकाको सर्वदलिय छलफलबाट राहत वितरण कार्य भईरहेकोले राहत पाउँन सकिने लक्षीत वर्ग छुट भएमा सहजताको साथ वितरण प्रक्रियालाई सफल बनाउँदै नगरपालिका कार्यलयमा सम्पर्क गरे राहत उपलब्ध गरिने मेयर असेश्वर प्रसाद यादबले जानकारी दिनु भयो । वडाबाट वितरण भईरहेको राहत कार्यक्रमलाई सफल बनाई दिनु हुन नगरवासीसँग अनुरोध पनि गर्नु भयो ।

 

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब