विश्वभर कोरोना सङ्क्रमित निको हुने तथ्याङ्क क्रम बढ्दो "२०७७ वैशाख २४ गते / एजेन्सी"

  • वैशाख २४, २०७७ | ३२५ पटक पढिएको |
alt

विश्वभर काेरोना भाइरस (काेभिड १९) सङ्क्रमितहरु निको हुने क्रम बढेकाे छ । सङ्क्रमण देखिएकामध्ये अहिलेसम्म झण्डै साढे १२ लाख जना उपचारपछि निको भएका छन् ।

अहिलेसम्म विश्वभर ३७ लाख २६ हजार सात सयभन्दा धेरै काेराेना सङ्क्रमित भएका छन् भने १२ लाख ४१ हजार ९ सयभन्दा धेरै निकाे भएका छन् । 

सबैभन्दा धेरै अमेरिकामा दुई लाख ६ सयभन्दा धेरै निकाे भएका छन् । त्यसाे त काेराेना भाइरसबाट सङ्क्रमित हुने र ज्यान गुमाउनेकाे सङ्ख्या अमेरिकामा सबैभन्दा धेरै छ । अमेरिकामा १२ लाख ३७ हजार ६ सयभन्दा धेरै सङ्क्रमित भएकाेमा ७२ हजारभन्दा धेरैकाे ज्यान गएकाे छ । 

इटलीमा दुई लाख १३ हजारभन्दा धेरैमा सङ्क्रमण देखिएकाेमा ८५ हजार दुई सयभन्दा धेरै निको भएका छन् । जर्मनीमा एक लाख ६७ हजारभन्दा धेरैमा सङ्क्रमण देखिएकाेमा एक लाख ३५ हजारभन्दा धेरै निकाे भएका छन् । 

इरानमा ८० हजारभन्दा धेरै, चीनमा ७७ हजारभन्दा धेरै, टर्कीमा ७३ हजारभन्दा धेरै र फ्रान्समा ५२ हजारभन्दा धेरै निकाे भएका छन् । काेराेनाकाे कारण विश्वभर दुई लाख ५८ हजार दुई सयभन्दा धेरैकाे ज्यान गएकाे छ । 

नेपालमा अहिलेसम्म ८२ जनामा सङ्क्रमण पुष्टि भएकाेमा १६ जना उपचारपछि निकाे भएका छन् । 

किन आक्रोशित भइन् कंगना रनौत ?

कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । ...

फ्रान्समा के भएको ?

 देशभर करिब साढे ५ लाख मानिस सडकमा । राजधानी ...

भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कात्तिक १७ र १८ गत

सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए&r ...

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब