लक्ष्मिपुर पत्तारी गा.पा.द्धारा घरमै भत्ता बाँडिएपछि बृद्ध बृद्धा खुसी

  • वैशाख २७, २०७७ | २१८ पटक पढिएको |
alt

सिरहाको लक्ष्मिपुर पत्तारी गाउँपालिकाद्धारा लकडाउन नियम पालना तथा सुरक्षाका लागि लक्षीत वर्गका सामाजिक सुरक्षा भत्ता घरमै पुगी बितरण गरिरहेको छ । एकल महिला , अपाङ्ग , जेष्ठ नागरिक , दलित जेष्ठ नागरिकहरुलाई बैङ्कबाट दिने भत्ता घरमै गएर बितरण गरिरहेको गाउँपालिका अध्यक्ष रामबल्लभ साहले जानकारी दिनुभयो ।

लकडानका कारण जेष्ठ नागरिकहरुलाई बैङ्कमा पैसा निकाल्न समस्या पर्ने भएकोले एक चरणका लागी कोलनीकाबाट अनुमती लिएर घरमै भत्ता वितरण गरिरहेको गाउँपालिका अध्यक्ष साहले बताएका छन । भत्ता वितरण गर्न सचिब वडा अध्यक्ष लगायत गाउँपालिकाका एक जना कर्मचारी पठाएको उनले बताए ।

मंसिर देखी फल्गुन सम्म दोस्रो चौमासिकको भत्ता बितरण भै रहेको प्रमुख प्रशासकिय अधिकृत धनिकलाल यादबले बताए । एनसीसी , माछापुच्र्छे एआईसी बैङ्कमा सामाजिक सुरक्षा भत्ता पाउनका लागी सेवाग्राहीको खाता खोलीएको छ । स्थानिय सेवाग्राहीको अपेक्षालाई मध्यनजर गर्दै गाउँ मै भत्ता बाँडन कार्यपालिकाले समेत निर्णय गरेको उनले बताए । वडा नम्बर २ मा सम्पन्न भैसकेको छ बाँकी वडा नम्बर १ ,३ ,४ ,५ , ६ मा बितरण भैरहेको हो ।

सोही गाउँपालिका वडा नम्बर ४ का बिजली दास तत्माले दलित जेष्ठ नागरीकको रुपमा प्रति महिना २ हजारका दरले ८ हजार रुपैया पाएपछी खुसी हुदै भने लकडाउनमा पैसाको धेरै खाँचो थियो यो पैसाले दैनिक छाक टार्न धेैरै नै राहत भयो ।’ सोहि वडाका अर्की एकल महिला सुरजबती देबी सिंहले पैसा घरमै दिएकोमा गाउँपालिकाका जनप्रतिनिधि सहित कर्मचारीलाई धन्यबाद दिए ।

गाउँपालिकामा २ हजार ३ सय ७५ जना सामाजिक सुरक्षा भत्ता पाउने संख्या रहेका छन ।

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब