मधेशी समुदायलाई होच्याउने सञ्चार माध्यमलाई कारवाही गर्न प्रदेश २ सरकारको माग

  • जेठ ७, २०७७ | ३०४ पटक पढिएको |
alt

कृषि टिभी नेपालले मधेशी वर्गको खिल्ली उडाउदैं अपमानित गरेको भन्दै प्रदेश २ सरकारले कारवाहीको माग गरेको छ । प्रदेश २ सरकारका मुख्य न्यायधिवक्ता दिपेन्द्र झाले आज केन्द्रिय सुचना तथा सन्चार मन्त्रीलाई पत्र लेख्दै कानुन बमोजिम कारवाहीको माग गर्नुभएको हो ।

सो टिभीको कोरोना बिर्साउने गफगाफ कार्यक्रमको हिजो प्रसारित इपिसोडमा प्रयोग भएको शब्द र सांकेतिक हाउभाउप्रति आपत्ति जनाउदैं प्रदेश २ सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेपालको वर्तमान संविधानको विभिन्न धारा र उपधारामा व्यवस्था भए विपरीत सो टिभीको कार्यक्रममा कानुन उल्लङ्घन गरी वर्ग विशेषलाई अपमान गर्ने र होच्याउने काम गरिएको पत्रमा उल्लेख छ ।

 कुनै ठोस कारवाहीको पहल नभएको खण्डमा कानून बमोजिम अदालत जाने र त्यस्ता होच्याउने सम्मपूर्ण कार्यक्रम बन्द गर्न अन्तिरम आदेशका लागि जाने छु, खाली पत्राचार मात्र होइन की भविष्यमा यस्ता घटना नदोहरीने गरी कार्य गर्ने प्रतिब्द्धता छ ।

जनताको संवैधानिक र कानुनी हक संरक्षण गर्न विभेदकारी कार्यक्रम निर्माण र प्रसारणमा रोक लगाउन मुख्य न्याधिवक्ता झाले केन्द्रिय सन्चारमन्त्रीसँग माग गर्नुभएको छ ।

98201026_10163733617760385_4643004318654398464_n

 

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब