सप्तरीमा करेन्ट लागेर तीनजनाको ज्यान गयो

  • जेठ ८, २०७७ | ४४४ पटक पढिएको |
alt

सप्तरी, जेठ ८ गते । सप्तरीको बोदे बर्साइन नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

बत्ती बाल्ने क्रममा बोदे बर्साइन–९ की ४० वर्षीया मिरकुन सदाको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उनको उपचारका लागि बोदे बसाईन–५ स्थित जीवन दीप अस्पताल ल्याउने क्रममा मृत्यु भएको परिवारले बताएको छ ।

गत तीन दिनको अवधिमा यहाँ तीनजनाको करेन्ट लागेर मृत्यु भएको छ । यसअघि डाक्नेश्वरी तथा खडक नगरपालिकामा एक÷एकजनाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

सप्तरीकै डाक्नेश्वरी नगरपालिका–१० मा ३५ वर्षीय रञ्जितकुमार साह र खडक नगरपालिका–३ बस्ने २२ वर्षीया बबिताकुमारी मण्डलको करेन्ट लागेर मृत्यु भएको हो ।

घरमा मोटर जडान गर्ने क्रममा साहलाई करेन्ट लागेको थियो भने खेतमा घाँस काटिरहेका बेला मण्डललाई करेन्ट लागेको थियो । 

चापाकल खरीदमा ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

महोत्तरीको औरही नगरपालिकामा ह्याण्डपम्प/ट्युबवेल (चापाक ...

२६ लाख रुपैयाँभन्दा बढीको सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न ठाउँमा स ...

मधेस प्रदेशमा ३० करोड खर्चिएर ६ वटा मात्रै विधेयक

 मधेस प्रदेशसभाले पछिल्लो एक वर्षमा ३० करोड रुपैया ...

भदौ २ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब