नेपालमा कोरोना निको हुनेको संख्या ७९ पुग्यो

  • जेठ १०, २०७७ | २७७ पटक पढिएको |
alt

प्रदेश २ मा आइशोलेसनमा उपचार गराइरहेका ९ जना कोरोना संक्रमित एकैदिन निको भएर घर फर्केका छन् ।

वीरगन्जको नारायणी अस्पतालको आइसोलेसनमा उपचाररत ९६ मध्ये ९ जना निको भएर घर फर्केका हुन् ।

वीरगन्जका तीन, बाराका दुई, रौतहटका तीन र एक भारतीय नागरिक डिस्चार्ज भएको नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

उनका अनुसार लगातार दोश्रो रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि शनिबार साँझ ८ जना नेपाली ८ र एक भातीय नागरिक घर फर्केको उनले बताए ।

अस्पतालबाट घर गएपछि कम्तीमा पनि एक हप्तासम्म सेल्फ आइसोलेसनमा बस्ने गरी उनीहरुलाई डिस्चार्ज गरिएको हो।

मेसु उपाध्यायका अनुसार शनिबार डिस्चार्ज भएका ९ मध्ये ८ नेपालीलाई एम्बुलेन्समा राखेरघर पठाइएको छ। भारतीय नागरिकलाई भने नेपाल भारत सीमा नाका बन्द रहेकाले वीरगन्ज–३ छपकैयाको एक घरमा राखिएको छ।

अब वीरगन्जको आइसोलेसनमा अब ८७ कोरोना संक्रमित उपचाररत रहेको मेसु उपाध्यायले जानकारी दिए।

डिस्चार्ज हुनेमा पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–३ घर भइ वीरगन्ज महानगरपालिकाको सरफाइकर्मी ५० वर्षीय, वडा नम्बर १६ घुसुकपुरका ५१ वर्षीय र वडा नम्बर २ का ५० वर्षीय पुरुष छन्।

यस्तै वडा नम्बर–३ र वडा नम्बर–१६ का दुईजनालाई वैशाख १४ र वडा नम्बर–२ का एक जनालाई वैशाख १७ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना गरिएको थियो।

शनिबार डिस्चार्ज हुनेमा बाराका दुईजना मध्ये जितपुर सिमरा उपमहानगरपालिका–७ का ४३ वर्षीय र बाराकै सिम्रौनगढ नगरपालिका ४ का ३१ वर्षीय पुरुष हुन्।
यी दुवैलाई जेठ १७ मा संक्रमण पुष्टि भएको थियो।

रौतहटको गुजरा नगरपालिका–५ का ३५ वर्षीय र बिन्दाबन नगरपालिका ९ का २४ वर्षीय पुरुषलाई पनि शनिबार डिस्चार्ज गरिएको मेसु उपाध्यायले जानकारी दिए। उनीहरुलाई वैशाख १६ गते संक्रमण पुष्टि भएपछि अस्पताल ल्याइएको थियो।

यसैगरी वैशाख १४ मा निको भइ अस्पतालबाट डिस्चार्ज गरेर पठाए पनि फेरि एक हप्तापछि संक्रमण देखिएर अस्पतालमा ल्याएर राखिएका दुई जनालाई पनि शनिबार डिस्चार्ज गरिएको छ ।

रौतहटको इशनाथ नगरपालिकाका १९ वर्षीय युवक र १ भारतीयलाई निको भएको भन्दै नारायणी अस्पतालले यसअघि पहिलो पटक वैशाख १४ गते डिस्चार्ज गरेको थियो।

अस्पतालबाट डिस्चार्ज भएको एक हप्ता बित्न नपाउदै ती दुवै जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएपछि वैशाख २१ गते फेरि अस्पताल भर्ना गरिएको थियो।

वैशाख २१ गते अस्पतालमा ल्याएर राखेपछि लगातार दुई रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य अवस्था पनि सामान्य रहेका भन्दै उनीहरुलाई पुनः शनिबार डिस्चार्ज गरिएको हो।

यससँगै नेपालमा कोरोना संक्रमण निको भइ निको हुनेको संख्या ७९ जना पुगेको छ । हालसम्म ५८४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ३ जनाको मृत्यु समेत भएको छ । 

कोरोनाभाइरसको संक्रमण रोक्न दुई महिनायता देशमा लकडाउन भएपनि संक्रमितको संख्या दिनहुँ बढ्दो क्रममा रहेको छ। 

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब