नेपालमा थप एक जनाको कोभिड-१९ का कारण मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ।
यसअघि तीन जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको सरकारले बताएको थियो। मन्त्रालयले थप छ जनामा कोभिड-१९ देखिएको सोमवार अपराह्ण पुष्टि गरेको छ। अब सङ्क्रमितको कुल सङ्ख्या ६८२ पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विगत २४ घण्टामा २,९०४ वटा परीक्षण पीसीआर विधिबाट गरिएको थियो।अहिलेसम्म ११२ जना निको भएर अस्पतालबाट बिदा भएका छन्।
यसअघि बिहान मन्त्रालययले ७२ जनामा कोभिड-१९ पुष्टि गरेको थियो।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved