सल्यानका २२ र कालिकोटका १८ सहित कर्णाली प्रदेशमा एकैदिन ६३ जनामा कोरोना संक्रमण पुष्टि

  • जेठ १८, २०७७ | ३८८ पटक पढिएको | सीमा संदेश
alt

कर्णाली प्रदेशमा एकैदिन ६३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।  संक्रमण पुष्टि हुनेमा ३ वटा नयाँ जिल्ला नयाँ हुन् । जसमा कालिकोट, सल्यान र बाजुरा जिल्ला रहेका छन् । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कारोना परीक्षणमा ३७ जनामा कोरानाभाइरस संक्रमण पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार बिश्वराज काफ्लेले जानकारी दिए ।  

उनका अनुसार शनिबार रातिसम्म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमण पुष्टि हुनेहरुमा कालिकोटका १८ र दैलेखका १८ र बाजुराका १ जना रहेका छन् । 

यस्तै प्रदेश अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २२ र सुर्खेतका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै कर्णाली प्रदेशमा कोरोनाभाइरस संक्रमितको कूल संख्या १२३ पुगेको छ । 

आजै पर्सामा पनि थप ५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यी सबै संक्रमितको केन्द्रीय स्वास्थ्य मन्त्रालयले औपचारिक रुपमा जानकारी दिन बाँकी रहेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले शनिबार अपरान्ह गरेको पत्रकार सम्मेलनमा देशभर १४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो । यस्तै २१९ जना निको भएर घर फर्किएका छन् । हालसम्म ७ जनाको कोरोनाका कारण मृत्यु समेत भइसकेको छ । 

कक्रोच २.० : नयाँ दिल्लीमा के भयो ? प्रदर्शनकारीका

भारतमा शनिबार कक्रोच जनता पार्टी (सीजेपी) को अगुवाईमा भ ...

बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जन

चुमनुब्रीगाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट ...

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूज

शारदीय नवरात्रको पहिलो दिन आज माता शैलपुत्रीको पूजा गरि ...

असोज २५ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल असोज २५ गते । आइतबार । ईश्वी सन् २०२६ अक ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब